Author Archive

बादल भन्छन्ः अहिलेको सरकार कठपुतली सरकार हो

नेकपा -एमाले)का कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापा -बादल)ले अहिलेको सरकार बारबरा फाउन्डेसन, विदेशी शक्तिकेन्द्रहरुको योजनामा बनेको आरोप लगाएका छन् । एमाले कास्कीले बुधबार आयोजना गरेको जिल्ला भेलामा उनले भने, ‘अहिले कठपुतली सरकार बनेको छ । उनीहरुले नेपालीमा रहेको असन्तुष्टि उपयोग गरी तख्तापलट गरे ।’ उनले अमेरिकी शक्तिहरु फेरि खम्पा विद्रोह गराउने र तिब्बतलाई स्वतन्त्र बनाउने लक्ष्यका साथ केही व्यक्तिलाई लिएर आएको जिकिर गरे । अहिले संघीय… पुरा पढौ

सुतिरहेका नागरिकको घरमा मध्यराति डोजर !

फेवाताल संरक्षणको नाममा कुनै वैज्ञानिक र हाइड्रोलोजिकल अध्ययन बिना, केवल कसैको व्यक्तिगत सनक र हचुवाको भरमा लगाईएको ६५ मिटर मापदण्ड र सोही आधारमा मध्यरातमा नागरिकहरू सुतिरहेको अवस्थामा 'डोजर आतङ्क' मच्चाईएकाे छ। राज्यको यो अदूरदर्शी कदमले पोखराको पर्यटन ,अर्थतन्त्र, सामाजिक संरचना र नागरिकको संवैधानिक हकमाथि गम्भीर असरहरू निम्त्याउने छ । १. ऐतिहासिक र सांस्कृतिक पहिचानमाथि प्रहार:यो क्षेत्रमा १०० वर्षभन्दा अघिदेखि बसोबास गरिरहेका पुराना गुरुङ बस्ती र आफ्नो पुर्ख्यौली पेसा सहित जीविकोपार्जन… पुरा पढौ

गण्डकीका पत्रकारलाई लेखनवृत्ति

गण्डकी प्रदेशमा सक्रिय पत्रकारहरूलाई लक्षित गर्दै प्रेस रजिष्ट्रारको कार्यालयले लेखनवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ। खोजमूलक, अनुसन्धानमूलक तथा विश्लेषणात्मक सामग्री उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको कार्यालयले जनाएको छ। प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार लेखनवृत्ति वितरणका लागि आवश्यक कार्यविधि तयार पारिएको छ र इच्छुक पत्रकारहरूबाट आवेदन माग गर्दै १५ दिने सूचना प्रकाशन भइसकेको छ। कार्यक्रममा सहभागी हुन प्रदेशभित्रका सञ्चारमाध्यममा कार्यरत पत्रकार हुनुपर्नेछ भने कम्तीमा तीन वर्षदेखि सक्रिय स्वतन्त्र पत्रकारले पनि… पुरा पढौ

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ । केही संस्थागत विद्यालयले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेश विपरीत हुनेगरी शैक्षिकसत्र प्रारम्भ हुनपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्नेगरेको कार्य सच्च्याउन यही चैत २२ गते निर्देशन दिइएको थियो । केही संस्थागत विद्यालयबाट अझै पनि… पुरा पढौ

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो । उनीहरू हाल नेपालबाहिर रहेका छन् । गत २४ भदौमा जेन–जी विद्रोहका क्रममा देउवाको निवासमा आगजनी भएको थियो । त्यसक्रममा उनको निवासमा पैसा जलेको अवस्थामा भेटिएको थियो । सोही दिनको घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले… पुरा पढौ

आलु महोत्सवको तयारीमा हेमजाली

File Photo पोखरा उपमहानगरलाई महानगर बनाउँदा यसमा गाभिएका दश गाविसमध्ये हेमजा पनि एक हो । गाविसबाट महानगर बनेपछि हेमजाको पृथक पहिचान गुमाएको यो क्षेत्रको अर्काे मौलिक पहिचान पनि हराउँदै जाने जोखिम बढेको छ । …आलु गाउँÚका रुपमा चर्चित हेमजामा सहरीकरण बढ्दै जाँदा आलु खेती घट्दै गएको छ, घरहरु बढ्दै गएका छन् । पछिल्लो १० वर्षमा हेमजा क्षेत्रमा ५२.१० प्रतिशतले बस्ती बढेको तथ्याङ्कले देखाउँछ । विंसं. २०७८ को जनगणनाअनुसार साविकको हेमजा… पुरा पढौ

फेवा नभए माछा हुँदैन, माछा नभए जलारी…

कास्कीको पोखरा–१८, खपौदीकी शान्ति जलारीको मन शनिबार बिहानबाट अशान्त छ । उहाँलाई शुक्रबारसम्म फेवातालमा माछा पहिले जस्तो नपाइएको सुर्ता थियो, शनिबार झिसमिसेदेखि थातथलोबाट उठिबास हुने चिन्ता थपियो । तालघरबाट ६५ मिटर मापदण्ड कायम गर्न शनिबार सो क्षेत्रमा बनेका संरचनामा डोजर चलेपछि किनारका विभिन्न ठाउँमा बस्ने जलारी समुदायको चैन हराएको छ । ताल किनारको सार्वजनिक जग्गामा अस्थायी घर बनाएर बस्दै आउनुभएकी शान्तिको परिवारमा दुई छोराछोरी र श्रीमान हुनुहुन्छ । आफूहरु ताल… पुरा पढौ

छोरेपाटनमा विज्ञानका विद्यार्थीको बिदाइ

छोरेपाटन माध्यमिक विद्यालयका कक्षा १२ विज्ञान समूहका विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरिएको छ । विद्यालयको संयोजन तथा कक्षा ११ विज्ञान समूहका विद्यार्थीको आयोजनामा आइतबार कक्षा १२ का बिद्यार्थीको बिदाइ गरिएको हो । कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष ईन्द्रबहादुर खत्रीले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै जीवनमा शिक्षा नै महत्वपूर्ण पुँजी भएको उल्लेख गरे । विद्यालय व्यवस्थापन समितिका सदस्य देवीप्रसाद बस्यालले विद्यार्थीको अनुशासन, लगनशीलता र सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै आगामी जीवन यात्रामा निरन्तर… पुरा पढौ

राइड सेयरिङ सुरु गर्दै गण्डकी सरकार

देशमै पहिलो पटक राइड सेयरिङलाई वैधानिकता दिएको गण्डकी प्रदेश सरकार औपचारिक रुपमा यो सेवा सुरु गर्ने तयारीमा जुटेको छ । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ बमोजिम गण्डकी प्रदेश राइड सेयरिङ -नियमन र व्यवस्थापन) नियमावली २०८२ बैशाख अन्तिम साता पारित भएको थियो । सोही नियमावलीमा गएको माघ दोस्रो साता संशोधनपछि यातायात व्यवस्था कार्यालयहरुमार्फत् सेवा सुरु गर्ने तयारी भएको हो । यातायात व्यवस्था कार्यालय सवारी कास्कीका कार्यालय प्रमुख ढाकाकुमार… पुरा पढौ

फेवाताल प्रकरणमा गृहमन्त्रीले ढाँटे !

गृहमन्त्री सुधन गुरुङले कास्कीको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको भन्दै कानुनी उपचारमा जाने स्पष्ट पारेका छन् । उनको यो दाबी पत्यार लाग्दो छैन । सर्वाेच्चले २०७५ सालमै फैसला गरी ६५ मिटर मापदण्ड कायम गर्न भनेको र त्यसपछि पनि अर्काे आदेश जारी भएको अवस्थामा आफूलाई झुक्याइएको भन्ने उनको दाबी पानीमाथि ओभानो हुने खेल हो । फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक दशकअघि स्थापना गरिएको …एड्भेन्चर स्पोट्र्स नेपालÚ सञ्चालनका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं