सबै पदाधिकारी हारेपछि राजीनामा दिने मुडमा गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिन लागेको बताएका छन्। उपसभापति विश्वप्रकाश शर्मासँग आज भएको भेटमा थापाले यस्तो बताएका हुन् ।

ुउपसभापति शर्माले अहिले राजीनामा नगर्न सुझाव दिएको स्रोतको भनाइ छ । फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावको पराजयको जिम्मेवारी लिँदै आफूले पद त्याग्नु उचित हुने थापाले बताएका थिए ।

फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारीहरू पराजित भएका थिए। कांग्रेसले १८ सिटमा मात्रै जित हासिल गरेको छ । समानुपातिकमा पनि कांग्रेसले अहिलेसम्म करिब १६ लाख मत पाएको छ ।