महावीर पुनलाई दुर्व्यवहार गर्ने पक्राउ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनमाथिमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–१३ बाँझापाटनका ४३ वर्षीय विकास गुरुङ हुन्। उनलाई प्रहरीले वडा नम्बर ९ महेन्द्रपुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरी अभिलेखअनुसार गुरुङ यसअघि लागुऔषधसम्बन्धी मुद्दामा तीन पटक सजाय भोगिसकेको खुल्न आएको छ।

यसअघि पृथ्वीचोकमा महावीर पुनसहितको टोलीले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको बेला गुरुङले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सोही भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।