Author Archive

जहाँ एकसाथ दौडिँदै छन् १० हजार धावक

आगामी फागुन २ गते शनिबार हुने २०औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ विधामा प्रतिस्पर्धा हुने भएको छ । हरेक वर्ष फागुन पहिलो साताको शनिबार आयोजना हुँदै आएको पोखरा म्याराथनको यसपालिको संस्करणको तयारी पूरा भएको छ । यसपालि म्याराथनतर्फ प्रथम हुनेले चार लाख, द्वितीय हुनेले दुई लाख, तृतीय हुनेले एक लाख नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सबै विधामा गरी १९ लाख ८९ हजार पुरस्कार रकम दिइने आयोजक आयोजक… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषद्को निबन्ध लेखन प्रतियोगिता

नेपाली भाषा शिक्षक परिषद् कास्कीले आयोजना गरेको माध्यमिक तह (११–१२) स्तरीय नेपाली निबन्ध लेखन प्रतियोगिता शनिबार भएको छ । प्रतियोगीलाई पत्रमार्फत दिइएका विषय क्षेत्रबाट तत्स्थानमा ६ शीर्षक निर्माण गरी गोला प्रथाद्वारा १ शीर्षक छनोट गरी निबन्ध लेख्न लगाइएको थियो । प्रतियोगीका उत्तरपुस्तिका कोडिङ गरी परीक्षण गरिने र अनलाइन वा स्थानीय पत्रिकाबाट नतिजा प्रकाशन गरिनेछ । विजेतालाई संस्थाको साधारणसभामा पुरस्कृत गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष विक्रम पौडेलले बताए । परिषद्का सल्लाहकार डोलराज… पुरा पढौ

सांसद फेरिरहने तनहुँ १ मा कसले मार्ला बाजी ?

नेपाली कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेल २०७९ सालमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएपछि राष्ट्रपति बन्नुभयो । उक्त निर्वाचनमा पौडेल २५ हजार ३६१ मत सहित विजयी हुनुभयो । राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त स्थानमा विसं २०८० वैशाख १० गते उपनिर्वाचन भयो । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा स्वर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित निर्वाचित हुनुभयो । प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ र नेकपा (एमाले)का… पुरा पढौ

महावीरको उम्मेदवारीले म्याग्दीमा दलहरुलाई चुनौती

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अर्जुन थापा र स्वतन्त्र उम्मेदवार डा महावीर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिनुभएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट मनोनयन दर्ताका दिन राजीनामा दिएर पुख्यौली थलोमा चुनाव लड्न आउनुभएका पुनको सक्रियताले यहाँको… पुरा पढौ

तपाईं मत बदल्नुस्, म अवस्था बदल्छुः करण

जनआन्दोलन र जनयुद्धको जगमा लोकतन्त्र स्थापना भएपछि कास्की १ को चुनावी परिदृश्य भिन्न, भिन्न खालको रहँदै आएको छ । कास्की १ मा २०६४ को पहिलो संविधानसभा र २०६५ को उपनिर्वाचनमा तत्कालीन नेकपा (माओवादी)का उम्मेदवार विजयी भएका थिए । दोस्रो संविधानसभामा कांग्रेसले जितेको यो क्षेत्रमा गणतन्त्रपछिका दुई निर्वाचनमा एमालेका उम्मेदवार विजयी बने । जेनजी विद्रोहपछि सिर्जित नयाँ परिस्थितिमा यहाँ पार्टीको तेस्रो जित निकाल्न नेकपा नेता राजकाजी गुरुङ (करण) चुनावी मैदानमा छन्… पुरा पढौ

कास्की २ः जहाँ कोही ढुक्क छैनन्, बहुपक्षीय टक्कर

अहिले पोखरा महानगरका मुख्य बजार क्षेत्रका वडाहरु पर्ने कास्की क्षेत्र नम्बर २ को भूगोल बेला बेलामा फेरबदल भइरह्यो । जिल्लालाई कहिले तीन क्षेत्र त कहिले चार क्षेत्रमा विभाजन गरियो । सङ्घीयतापछि तीन क्षेत्र बनेको कास्की क्षेत्र नम्बर २ मा तीन चुनाव भइसकेका छन् । ती सबै निर्वाचनमा यहाँ एमाले उम्मेदवारले जित हाँसिल गरेका थिए । त्यसअघि यो क्षेत्रका अधिकांश भूभाग क्षेत्र नम्बर ३ मा थिए । सो अवधिमा पनि एमालेले… पुरा पढौ

उम्मेदवारले कति वटा गाडी प्रयोग गर्न पाउँछन् ?

निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । निर्वाचन प्रचारप्रसारको अवधि तथा मतदानको दिन सवारीसाधनको प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन उक्त कार्यविधि लागू गरिएको आयोगले जनाएको छ । राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने सवारीसाधनको अनुमति प्रक्रिया स्पष्ट पार्न आवश्यक भएकाले कार्यविधि जारी गरिएको हो । आयोगबाट यही माघ २० गते स्वीकृत कार्यविधिअनुसार राजनीतिक दल, उम्मेदवार वा… पुरा पढौ

पछि पर्‍यौंं: मादीबासी; कायापलट गर्ने योजना छः करण

कास्की क्षेत्र नम्बर–१ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङले पर्यटनको माध्यमबाट मादी गाउँपालिकाको विकासमा कायापलट गर्न सकिने बताएका छन् । जनकल्याण तमु समाजको आयोजनामा नेकपाका उम्मेदवारसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनले मादी गुरुङ समुदायको ऐतिहासिक थलो भएको र प्राकृतिक रुपमा पनि भरिपूर्ण भएकाले यसलाई पर्यटनसँग जोडेर स्थानियको आयआर्जन बढाउने र समृद्द बनाउन सकिने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘मादी गुरुङ समुदायको ऐतिहासिक थलो हो, यहाँको क्होँलासोंथर गुरुङको सभ्यता… पुरा पढौ

अन्तर्राष्ट्रिय संग्रहालय २३ वर्षमा, बोटानिकल गार्डेन बनाइँदै

पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुलेको २२ वर्ष पूरा भएको छ । संग्रहालय २३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिहीबार २३ औं अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाइएको छ । कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले हिमाल, पहाडहरु भौगोलिक संरचनामात्र नभएर सभ्यता, संस्कृति र संघर्षका पहिचान भएको बताए । उनले पर्वतारोहण नेपालको समृद्धिको माध्यम भएको उनको भनाइ छ । ‘पर्वतारोहण नेपालका लागि साहसिक खेलमात्र होइन, रोजगारी, पर्यटन प्रवर्धन र… पुरा पढौ

पुरानाको भरोसा, नयाँको आशा लिएर आएको छु

सांसद कस्तो हुनुपर्छ भन्ने प्रश्नको सोझो र एउटै उत्तर छैन । जेनजी विद्रोहपछिको नयाँ परिस्थितिमा युवादेखि ज्येष्ठ नागरिकसम्मले देश, राजनीति र परिस्थितिलाई हेर्ने नजरिया फेरिएको छ । अचेल मानिसहरु यो प्रश्नको यस्ता पक्ष उल्लेख गर्छन् ः शैक्षिक ज्ञान भएको, भूगोल बुझेको, माटो चिनेको, स्थानीय स्तरमा परिचित, राष्ट्रिय छवि भएको, जनताका समस्यामा सँगै हुने आदि । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ओखलढुंगाबाट यी सबै विशेषता भएका नेता कुमार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं