नेपाली भाषा शिक्षक परिषद् कास्कीले आयोजना गरेको माध्यमिक तह (११–१२) स्तरीय नेपाली निबन्ध लेखन प्रतियोगिता शनिबार भएको छ । प्रतियोगीलाई पत्रमार्फत दिइएका विषय क्षेत्रबाट तत्स्थानमा ६ शीर्षक निर्माण गरी गोला प्रथाद्वारा १ शीर्षक छनोट गरी निबन्ध लेख्न लगाइएको थियो ।
प्रतियोगीका उत्तरपुस्तिका कोडिङ गरी परीक्षण गरिने र अनलाइन वा स्थानीय पत्रिकाबाट नतिजा प्रकाशन गरिनेछ । विजेतालाई संस्थाको साधारणसभामा पुरस्कृत गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष विक्रम पौडेलले बताए ।
परिषद्का सल्लाहकार डोलराज अर्यालले परिषद्ले कास्कीमा विभिन्न शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै राज्यले गर्ने दायित्व पूरा गरेको बताए । परिषद् अध्यक्ष सूर्यप्रसाद लम्सालले भाषालाई जननीको संज्ञा दिँदै भाषालाई माया मान्नुपर्ने बताए । उक्त प्रतियोगिताको संयोजन परिषद्का कोषाध्यक्ष हरिप्रसाद शर्माले गरेका थिए ।
कार्यक्रममा परिषद्का सचिव शशिशिशिर ढुंगानाले पनि बोलेका थिए ।





