Author Archive

मतदाताको आग्रहः देशमै बस्ने वातावरण बनाइदिनुस्

बेरोजगारी, भ्रष्टाचार र अराजकताका कारण गाउँ, सहर युवाविहीन हुँदै गएको भन्दै मतदाताले चिन्ता व्यक्त गरेका छन् । पोखरा–२२, पुम्दीभुम्दीमा मत माग्न पुगेका नेकपा कास्की ३ का उम्मेदवारसँग स्थानीयले युवालाई देशमै बस्ने वातावरण बनाउने अबको नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए । कास्की क्षेत्र नम्बर ३ का नेकपाका उम्मेदवार गोपाल गिरीसँग उनीहरुले पुराना दलहरुको मनोमानी र जोरजबर्जस्तीले जेनजी आन्दोलन भएको जनाउँदै अबको यात्राको नेतृत्व गर्नसक्नेलाई छान्ने बताएका थिए । उम्मेदवार गिरीले देशमा… पुरा पढौ

रविको चुनौतीः अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ

आदरणीय आमा बुबा, दिदि बहिनी तथा दाजुभाईहरू,सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् । अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरिरमा हालिदिएको विष… पुरा पढौ

पोखरा, काठमाडौंमा मतदाता खोज्दै मुस्ताङका उम्मेदवार

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ । यहाँका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ । अक्सर यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचन वैशाख÷जेठ र कात्तिक÷मङ्सिर महिनामा हुने गरेपनि यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा भएको हो । जिल्लामा हिउँदयामको जाडो कटाउन यहाँका अधिकांश नागरिक कात्तिक ÷मङ्सिर महिनामा बेसी… पुरा पढौ

बालेनलाई दोस्रो पटक स्पष्टीकरण सोधियो

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने थप ९ जनालाई स्पष्टीकरण सोधेको छ । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकोमा आइतबार र सोमबार गरी थप ९ स्पष्टीकरण माग गरेको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले पिएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडी बाग्मती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमा आएर अपमानजनक र धम्कीपूर्ण भाषा… पुरा पढौ

नेकपा उम्मेदवारहरु भन्छन्ः संकटमोचनका लागि हामीलाई मत दिनुस्

फागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका उम्मेदवार र नेता, कार्यकर्ता मत माग्न व्यस्त छन् । घरदैलो र ससाना भेटभाट गरी उनीहरु मतदाताका गुनासा, टिप्पणी र सुझाव लिन लागेका हुन् । नेकपा पुरानामध्येको नयाँ र नयाँ मध्येको पुरानो शक्ति भएको उल्लेख गर्दै उनीहरुले अहिलेको संकटमोचनका लागि नेकपाको जित जरुरी रहेको औंल्याएका छन् । नेकपा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण)ले सोमबार रुपाका विभिन्न… पुरा पढौ

नेकपालाई मतदाताको आग्रहः एजेन्डा नभुल्नुस्, मत दिन भुल्दैनौँ

कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार हेमबहादुर थापा(आमोद)ले भूमीहीन तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले सहर सबै वर्गको साझा भएको जनाए । आमोदले भने, ‘गरिब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध सहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’ उम्मेदवार थापाले संकटका बेला… पुरा पढौ

गण्डकीलाई टाइगर कप उपाधि

गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हा । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । उपाधीसँगै… पुरा पढौ

कास्कीमा नेकपा निर्वाचन कार्यालय स्थापना

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो । नेकपा नेता श्रीनाथ बरालले कार्यालय उद्घाटन गरे । नेता बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको दाबी गर्दै उनले थपे, ‘नयाँले… पुरा पढौ

गण्डकीमा राइड सेयरिङलाई वैधता, के के छन् प्रावधान ?

गण्डकी सरकारले नेपालमै पहिलो पटक प्रदेशभरी राइड सेयरिङलाई वैधता दिएको छ । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ मा संशोधन गरी यसलाई कानुनी मान्यता दिइएको हो । माघ ४ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नियमावलीको पहिलो संशोधन प्रमाणित भई राजपत्रमा प्रकाशित हुने क्रममा छ । सङ्घीय सवारी तथा यातायात व्यवस्थापन ऐन नआउँदा यो नियमावलीले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को दफा १३ टेकेको छ… पुरा पढौ

पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि

न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो । उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं