Author Archive

नेकपाका लेखनाथ दाहालविरुद्ध बागी उठे महेश्वर

सिन्धुलीको क्षेत्र नं २ मा नेकपा उम्मेदवार लेखनाथ दाहालविरुद्ध जिल्ला पार्टीले विद्रोह गरेको छ । जिल्ला पार्टीको निर्णय अनुसार केही समय अगाडि नेकपा नेता तथा पत्रकार महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीका जिल्ला नेताहरूको उपस्थितिमा महेश्वरले उम्मेदवारी दर्ता गराएका हुन् । नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन, विनोद विकसहित महेश्वरको साथमा थिए । जिल्ला उमेदवार सिफारिश कार्यदलको निर्णय विपरीत पार्टी केन्द्रले लेखनाथ दाहाललाई टिकट वितरण… पुरा पढौ

शशांकले पाएनन् टिकट

नेपाली कांग्रेसका प्रभावशाली नेता डा शंशाक कोइरालाले यसपालि टिकट पाएनन् । नवलपुर क्षेत्र नम्बर १ बाट लगातार ४ पटक जितेका उनको साटो कांग्रेसबाट गजेन्द्रबहादुर आलेमगरलाई टिकट दिइएको छ । कांग्रेसका संस्थापक बिपी कोइरालाका छोरा डा शशांकले २०६४,२०७०,२०७४ र २०७९ मा चुनाव जितेका थिए । टिकट प्राप्त गरेका आले कांग्रेस महासमिति सदस्य हुन् ।गैंडाकोट नगरपालिकाका उनले यस अघि गैंडाकोट नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेर उपविजेता बनेका थिए। नवलपुरको क्षेत्र नम्बर २ मा… पुरा पढौ

सर्लाही झरे गगन, को को छन् प्रतिस्पर्धी ?

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् । यसअघि तीनपटक काठमाडौं ४ बाट उनले चुनाव जित्दै आएका थिए । यसपटक गगनले रोजेको सर्लाही ४ मा नेकपा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा रगनिस राय यादव उम्मेदवार छन् । सर्लाही– ४ बाट नेपाली कांग्रेसका सभापति थापा र रास्वपाबाट अमरेशकुमार सिंह… पुरा पढौ

महावीर पुनले दिए मन्त्रीबाट राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’ यसअघि सोमबार सञ्चार मन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए । निर्वाचनमा सहभागी हुन चुनावी सरकारका मन्त्रहरु बब्लु गुप्ता र कुलमान घिसिंगले पनि राजीनामा दिएका थिए । पुरा पढौ

कांग्रेस ओखलढुंगाबाट कुमार लुइँटेल उम्मेदवार

नेपाली कांग्रेसको संसदीय बोर्डले ओखलढुंगामा नेता कुमार लुइँटेललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर १ का बासिन्दा लुइँटेल मनोनयन दर्ता गराउन जाने तयारीमा छन् । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समिति सदस्य लुइँटेल विज्ञानमा स्नातकोत्तर हुन् । उनले लामो समय जिल्ला र जिल्लाबासीसँगको सहकार्य र ओखलढुंगाबासीको प्रेम नै आफ्नो जितका आधार भएको बताए । प्रतिनिधिसभामा एकमात्र क्षेत्र रहेको ओखलढुंगामा गएको निर्वाचनामा कांग्रेसकै रामहरि खतिवडा निर्वाचित भएका थिए… पुरा पढौ

राप्रपाका सांसदले पाए रास्वपाको टिकट

रास्पाले अप्रत्याशित निर्णय गर्दै काठमाडौं २ मा राप्रपाका प्रदेश सांसद सुनील केसीलाई टिकट दिएको छ । उनले बालेको कोटाबाट टिकट पाएका हुन् । अघिल्लो चुनावमा काठमाडौं २ बाट सोविता गौतम विजयी भएकी थिइन् । उनले सोही क्षेत्रमा दोहोरिन चाहे पनि पार्टीले चितवन ३ बाट उठाएको छ । राप्रपाबाट प्रदेश सांसद बनेका केहीले राप्रपा परित्याग गरेको सार्वजनिक भएको छैन । उनी बालेनको कोर टिमका सदस्य भएको स्रोतले जनाएको छ । पुरा पढौ

बागलुङमा नेकपा–जनमोर्चा गठबन्धन

फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुन र जनमोर्चाका केन्द्रीय सचिव घनश्याम न्यौपानेले सोमबार एकअर्कालाई सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । २ प्रतिनिधिसभा क्षेत्र रहेको बागलुङ १ मा नेकपाले कृष्ण केसी र २ मा यामनाथ गैह्रे (अनिल)लाई उम्मेदवार बनाएको छ । जनमोर्चाले १ मा कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको… पुरा पढौ

प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गर्दा के के चाहिन्छ ?

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दलहरूले पनि उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन् । यसअघि निर्वाचन आयोगले माघ २ गते सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिसकेको छ । आयोगले उम्मेदवारी दर्ता गर्दा आवश्यक कागजातसहित आउन अपिलसमेत गरेको छ । निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयन पत्र… पुरा पढौ

गोरखा-२ बाट मैले उम्मेदवारी दिनुका प्रमुख ५ आधार

१. बद्लिदो भू-राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न। २. देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न। ३.जेन-जी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश बर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक… पुरा पढौ

रास्वपाबाट स्याङ्जा १ मा धनञ्जय र २ मा झविलाल

रास्वपाले स्याङ्जा १ मा नेपाल पर्यटन बोर्डका पूर्वसीईओ एवं पर्यटन व्यवसायी धनञ्जय रेग्मीलाई टिकट दिएको छ । स्याङ्जा २ मा झविलाल डुम्रेले टिकट पाएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका राजु थापा र २ बाट कांग्रेसकै धनराज गुरुङले जितेका थिए । रास्वपा केन्द्रीय संगठन विभाग सदस्यसमेत रहेका डुम्रे विभिन्न एजेन्डासहित स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवारका बनेका हुन् । स्याङजाको वालिङ–१४, छोरेखर्क स्थायी घर भएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं