रास्वपाले स्याङ्जा १ मा नेपाल पर्यटन बोर्डका पूर्वसीईओ एवं पर्यटन व्यवसायी धनञ्जय रेग्मीलाई टिकट दिएको छ । स्याङ्जा २ मा झविलाल डुम्रेले टिकट पाएका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका राजु थापा र २ बाट कांग्रेसकै धनराज गुरुङले जितेका थिए । रास्वपा केन्द्रीय संगठन विभाग सदस्यसमेत रहेका डुम्रे विभिन्न एजेन्डासहित स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवारका बनेका हुन् । स्याङजाको वालिङ–१४, छोरेखर्क स्थायी घर भएका ३२ वर्षीय डुम्रे युवाको आकांक्षा सम्बोधन गर्नु मुख्य एजेन्डा भएको बताउँछन् ।
ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी पोखरामा आइटी र हस्पिटालिटी व्यवसायमा आवद्ध छन् । सँगसँगै उनी लायन्स क्लब, युवा क्लबहरुमा आवद्ध भई सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् ।




