Author Archive

गोरखा २ मा चुनाव लड्दै बाबुराम

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा चुनावमा गोरखा २ बाट चुनाव लड्ने भएका छन्। गोरखाबासीको भरोसा पुनर्निर्माण गर्न भन्दै चुनाव लड्ने निर्णयमा पुगेको भट्टराईको सचिवालयले बताएको छ। ‘२०७९ का केही कठिन निर्णयले कतिपय मन दुखेका थिए, प्रश्न र पीडा स्वाभाविक थिए,’ उनले सचिवालयले भनेको छ, ‘तर समयसँगै एउटा सत्य अझ प्रस्ट बन्दै गयो–गोरखाले डा बाबुराम भट्टराईलाई कहिल्यै छोडेको थिएन र उहाँले पनि। त्यसैले गोरखाबासीको सच्चा भावना,… पुरा पढौ

धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार

पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानीत हुन लागेका हुन् । नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता… पुरा पढौ

कास्की १ मा राजकाजी, २ मा किरण र ३ मा प्रेमलाई टिकट

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्कीमा तीन वटै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट राजकाजी गुरुङ (करन), क्षेत्र नम्बर २ बाट हेमबहादुर थापा पराजुली (किरण थापा) र क्षेत्र नम्बर ३ बाट प्रेम पौडेलले टिकट पाएका छन्। गुरुङ पहिलो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसयता दोस्रो संविधानसभामा पर्वत र पहिलो प्रदेशसभा निर्वाचनमा कास्की २ (२)बाट उम्मेदवार भए पनि… पुरा पढौ

नेकपाले मुस्ताङमा टाइगरलाई दियो टिकट

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका उम्मेदवार टुंगाएको छ । नेकपाले मुस्ताङमा ‘टाइगर’को पहिचान बनाएका नुटुक गुरुङलाई टिकट दिएको हो । कृषि, खेलाडी र निर्माण व्यवसाय पृष्ठभूमिका नुटुक पछिल्लो समय मुस्ताङमा धेरै स्याउ बिक्री गर्ने कृषि फार्मका सञ्चालक हुन । साविक नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका उनी यसअघि २०७० को संविधानसभा सदस्यमा पनि उम्मेदवार थिए । पाँच वटा स्थानीय तह र एक निर्वाचन… पुरा पढौ

ओखलढुंगामा यज्ञराजलाइ रोकेर अस्मितालाई एमालेको टिकट

नेकपा (एमाले) ले ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अनेरास्ववियुबाट राजनीति थालेकी थापा ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन्।शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकले थापालाई टिकट दिने निर्णय गरेको हो। उनी यसअघि एमाले महाधिवेशन प्रतिनिधि समेत दोस्रोपटक चयन भएकी थिइन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित भएका यज्ञराज सुनुवार यसपटक पनि टिकटका बलिया दाबेदार मानिएका थिए। सुनुवार एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी… पुरा पढौ

एमालेमा टिकट वितरणः ईश्वर टिमका धेरैको हात रित्तै

एमालेको शनिबार भएको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार छान्यो । एमालेको ११ औं महाधिवेशनमा नेता ईश्वर पोखरेल समूहबाट अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताले यो पटक टिकट पाएका छैनन् । ओलीको टिमसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट यकिन नगरी अध्यक्षलाई अधिकार दिइएको छ । ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलकै टिकट यकिन भएको छैन । काठमाडौं ५ बाट चुनाव उठ्दै आएका ईश्वरको क्षेत्रमा उम्मेदवार तोक्न बाँकी छ ।… पुरा पढौ

बागलुङ २ का स्थानीय भन्छन्ः झलनाथलाई स्वीकार्दैनौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता झलनाथ खनाल बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने चर्चा चलेपछि बागलुङ तरङ्गित भएको छ । नेकपाको राम्रो पकड भएको यो क्षेत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल जित सुनिश्चित गर्न आउन लागेका हुन् । यस्तो चर्चा चलेपछि स्थानीय र नेकपा कार्यकर्ताले विरोधमा एसएमएस अभियान नै चलाएका छन् । उनीहरुले पठाएको एसएमएसमा भनिएको छः नमस्ते, युगलाई चिन्नुहोला । बागलुङ आउने कष्ट नगर्नु होला । यसअघि इलाम… पुरा पढौ

नेकपाबाट पर्वतमा मनहरि उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पर्वतमा मनहरि तिमल्सिनालाई उम्मेदवार बनाएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले तिमल्सिनालाई टिकट दिएका हुन्। नेकपा केन्द्रीय सदस्यसमेत रहेका तिमिल्सिनाले प्रचण्डको सचिवालयमा बसेर पनि काम गरेका थिए । माक्र्सवादी लेखक, चिन्तकसमेत रहेका तिमिल्सिनाका दर्जन जति कृति प्रकाशित छन् । पहिलोपटक संसदीय निर्वाचन लड्न लागेका तिमिल्सिनाको प्रतिस्पर्धा एमालेका पदम गिरी हुने पक्का भएको छ । जिल्लामा कांग्रेसको… पुरा पढौ

कास्कीमा एमालेले छान्यो उम्मेदवार, युवा, जनजाति र महिला परेनन्

नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ मा वैनबहादुर क्षेत्री अधिकारी, २ मा कृष्ण थापा र ३ मा दामोदर बैरागीलाई टिकट दिएको छ । यसअघि प्रतिनिधिसभाका तीनै क्षेत्र जितेको एमालेका लागि यसपालिको जित चुनौतीपूर्ण हुने टिप्पणी भइरहेको छ । क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका अधिकारी एमाले कास्की अध्यक्ष हुन् । उनी पहिलो पटक संसदीय निर्वाचन लड्दै छन् । कास्की २ मा टिकट पाएका थापा एमाले केन्द्रीय सदस्य हुन् । उनी… पुरा पढौ

नेकपाबाट गोरखा १ मा कुमार र २ मा लेखनाथ उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकीमा टिकट वितरण सुरु गरेको छ । फागुन २१ गतेको निर्वाचनका लागि नेकपाबाट टिकट वितरण सुरु भएको हो । नेकपाले गोरखाबाट हरिराज अधिकारी कुमार र लेखनाथ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । क्षेत्र नम्बर १ बाट अधिकारी र २ बाट न्यौपानेलाई टिकट दिइएको हो । गत निर्वाचनमा कांग्रेससँग मिलेको माओवादीले १ मा कांग्रेसका राजेन्द्र बजगाईंलाई सघाएको थियो भने २ बाट पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार दिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं