आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका उम्मेदवार टुंगाएको छ । नेकपाले मुस्ताङमा ‘टाइगर’को पहिचान बनाएका नुटुक गुरुङलाई टिकट दिएको हो ।
कृषि, खेलाडी र निर्माण व्यवसाय पृष्ठभूमिका नुटुक पछिल्लो समय मुस्ताङमा धेरै स्याउ बिक्री गर्ने कृषि फार्मका सञ्चालक हुन । साविक नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका उनी यसअघि २०७० को संविधानसभा सदस्यमा पनि उम्मेदवार थिए ।
पाँच वटा स्थानीय तह र एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी सहित अन्य दलले उम्मेदवार टुङ्गाएका छैनन् । एमालेले भने इन्द्रधारा विष्टलाई टिकट दिएको छ ।




