शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’
यसअघि सोमबार सञ्चार मन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए । निर्वाचनमा सहभागी हुन चुनावी सरकारका मन्त्रहरु बब्लु गुप्ता र कुलमान घिसिंगले पनि राजीनामा दिएका थिए ।






