एकल गायन स्पर्धामा रेन्बोको बर्चस्व

एपेक्स कास्कीले मंगलबार आयोजना गरेको एकल गायन प्रतियोगितामा रेन्बो स्कुले दोहोरो सफलता हाँसिल गरेको छ । एपेक्स कास्कीमा आबद्ध विद्यालयबिच भएको प्रतियोगितामा रेन्बोले प्रथम र दोस्रो स्थान हाँसिल गरेको हो ।

रेन्बो एकेडेमीका आयम अर्याल पहिलो बन्दा प्रिसा भण्डारी दोस्रो ठहरिइन् भने तेस्रोमा मेडिगोल्डका रोशनी सुनार र सान्त्वना ढुंगेसाँघु बोर्डिङका सन्देश श्रेष्ठ बने । कार्यक्रमका निर्णायकमा गायकद्वय रमभक्त जोजुजी र आदर्श पोखरेल रहेको कार्यक्रम कार्यक्रम संयोजक गोविन्द गौतमको बताए ।

एपेक्स कास्कीका अध्यक्षसमेत रहेका रेन्बो एकेडेमीका प्राचार्य बाबुराम बरालले विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि पढाइसँगै विविध गतिविधि वार्षिक रुपमा आयोजना गर्दै आएको बताए । यस्ता कार्यक्रमले विद्यार्थीबिच स्वस्थ प्रतिस्पर्धाका साथै भविष्यको गन्तव्य पहिचान गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

प्रतियोगितामा २२ विद्यार्थी सहभागी थिए । एपेक्स कास्कीमा १४ विद्यालय आवद्ध छन् ।