कोरोना शंका गरिएकी युवतीको मृत्यु

वीर अस्पतालमा कोरोना आशंकामा उपचाररत युवतीको मृत्यु भएको छ । अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीले का सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएकी १ युवतीको मृत्यु भएको पुष्टि गरे ।

चन्द्रागिरी नगरपालिकाकी ती युवती अघिल्लो साता भारतबाट आएकी थिइन् । उच्च ज्वरो र स्वास फेर्न पनि कठिन भइरहेकी ती युवतीको स्ल्याब परीक्षणका लागि पठाइएको भए पनि नतिजा आउन बाँकी छ ।