Author Archive

एमसिसी : साम्राज्यवादी सैन्य रणनीति…

अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसिसी)को विरोधमा पोखरामा शनिबार सांगीतिक र सचेतनामूलक कार्यक्रम हुने भएको छ । संगम सांस्कृतिक मञ्चको अगुवाइमा यहाँका जनवादी कलाकारले एमसिसीका घातक पक्षबारे गीतमार्फत् विरोध गर्दै छन् । संस्थाका अध्यक्ष काजी गाउँलले शनिबार दिउँसो १ बजे पृथ्वीचोकमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित एमसिसी अध्यन गरेका विज्ञहरुले धारणा राख्ने जानकारी दिए । उनले भने, ‘विभिन्न राजनीतिक दलका नेताहरु, बुद्धिजीवी, सर्वसाधारणलाई सहभागिताका लागि अनुरोध गर्दछौं । नेपाली भूमिलाई युद्धभूमि बन्न… पुरा पढौ

परिवर्तनलाई सघाउन सहद गिरी बसन्धरी ट्रस्ट

सामाजिक, सांस्कृतिक क्षेत्रका विकृति, विसंगति हटाउन र राष्ट्रिय एकताको पक्षमा योगदान गर्न सहद गिरी बसन्धरी स्मृति ट्रस्ट स्थापना भएको छ । पोखरामा बुधबार भएको भेलाले ट्रस्ट स्थापना गरी कार्यसमिति र सल्लाहकारसमेत चुनेको छ । संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश पूर्ण गिरी, गोपाल गिरी, सूर्य गिरी, शान्ति रानाभाट र शेरबहादुर क्षेत्री छन् । २ सदस्यपछि थपिने गरी बनाइएको १७ सदस्यीय कार्यसमितिका सदस्यमा बलराम गिरी, धर्मराज लामिछाने, सुशीला गिरी,… पुरा पढौ

शिक्षककै सर्टिफिकेट नक्कली, मुद्दा दायर

कुमारी आधारभूत विद्यालय शुक्लागण्डकी तनहुँकी शिक्षक शारदा अधिकारी लामिछानेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ । शारदले बिहार विद्यालय परीक्षा समिति, पटना भारतबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी स्थायी नियुक्ति भई लाभ तथा सुविधासेमत लिएको दाबी गर्दै बिहीबार अख्तियारले उनीउपर विशेष अदालतमा मुद्दा दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा… पुरा पढौ

वी आर स्ट्रोङले सेभेन ए साइड आयोजना गर्ने

फेसबुक ग्रुप वी आर स्ट्रोङले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । यही फागुन १९ देखि २१ गतेसम्म ३ दिन पृथ्वीनारायण क्याम्पसमा प्रतियोगिता हुने भएको छ । पिएनको अन्नपूर्ण खेल मैदानमा हुने प्रतियोगितामा पुरुष र महिला गरी फरक फरक रुपमा सञ्चालन हुने वि आर स्ट्रोङका एडमिन एवं कार्यक्रम संयोजक कुमार गौतमले जानकारी दिए । खेलकुद र अन्य क्रियाकलाप गरी समाजसेवामा योगदान गर्न ग्रुप खोलिएको अर्का एडमिन महेश पौडेलले… पुरा पढौ

ढुंगेसाँघु मार्गमा खुल्यो किड्स प्याराडाइज मन्टेसरी

पोखरा १७ को ढुंगेसाँघु मार्गमा किड्स प्याराडाइस मन्टेसरी एन्ड चाइल्ड केयर खुलेको छ । सरस्वती पूजाको अवसरमा बिहीबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले छात्र अर्पण पौडेललाई क लेख्न सिकाएर मन्टेसरी सुरुआत गरेकी हुन् । शर्माले सरस्वती पूजाको पवित्र दिनमा पवित्र कार्य सुरुआत हुनु प्रशंसनीय भएको बताइन् । उनले बालमैत्री र देशको आवश्यकता अनुसारको शिक्षा प्रदान गरी भूमिका निर्वाह गर्न अनुरोध गरिन् । उनले भनिन्, ‘देशका योजनाकार, अभियान्ता, नेता… पुरा पढौ

चर्चित नेता कन्हैया कुमार पक्राउ

वामपन्थी नेता तथा जेएनयू छात्र संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । आफ्नो ट्विटरमा कन्हैया कुमारले यो जानकारी दिएका हुन् । उनले लेखेका छन् ‘आज चम्पारणमा गान्धीजीलाई नमन गरेर गरिब–विरोधी CAA-NRC-NPR  को विरोधमा एक महिने जन–गण–मन यात्राको सुरुवात हुने क्रममा थियो । समाजका धेरै मानिसहरु यो यात्रामा सहभागिताका लागि तयार थिए । तर प्रशासनले केही समय अघि सबैलाई हिरासतमा लिएको छ ।’ बुधबार कन्हैया कुमारले भनेका… पुरा पढौ

वात्स्यायन वृद्धाश्रममा चितवन पोखरा समाजको वार्षिकोत्सव

चितवन पोखरा सम्पर्क समाजले मंगलबार १७ औं वार्षिक उत्सवको अवसरमा पोखरा १४ स्थित बाच्छी बुडुवामा रहेको वात्सायान बृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण गरी मनाएको छ । २० जना ज्येष्ठ नागरिकलाई समाजले १६ हजारका सामग्री प्रदान गरेको हो । समाजकी अध्यक्ष शान्ता पुरीले ज्येष्ठ नागरिक समाज र राष्ट्रका गहना भएकाले उनीहरुलाई हेरचाह र सम्मान गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा समाजका उपाध्यक्ष दिलीप पनेरु, वृद्धाश्रम व्यवस्थापन समिति उपाध्यक्ष रमेश जिसी, समाजका आजीवन… पुरा पढौ

विद्यार्थीलाई समृद्ध रुपा क्लबको साथ

समृद्ध रुपा क्लबले कालिका मावि रुपा १ स्यास्त्रिमा विद्यार्थीलाई सहयोग गरेको छ । क्लबले १५८ बिधार्थिलाई विधालय पोषाक बितरण तथा पोषाक सिलाउन प्रति बिधार्थि ३ सय वितरण गरेको हो । कार्यक्रममा नेकपा कास्की कार्यालय सदस्य दामोदर बैरागीले समृद्ध रुपा कास्की जिल्लामै उत्कृष्ट सामाजिक संस्था भएको बताए । उनले समर्पित र लगनशील भएर सफलता हासिल गर्न विद्यार्थीलाई आग्रह गरे । राष्ट्रिय युवा संघका नेता पूर्ण लामाले युवाले गरेको नेतृत्व सफल भयरै… पुरा पढौ

पोखरा १९ मा नेकपाका टोल कमिटी गठन

पोखरा १९ मा नेकपाले २ टोलमा कमिटी गठन गरेको छ । टोल १ को कमिटीमा रमेश केसी अध्यक्ष, शिव केसी सचिव, सदस्यमा रुद्र भुजेल, अमरनाथ अधिकारी, लक्ष्मी अधिकारी, खिममाया नेपाली, गोरे नेपाली,रामबहादुर विक लगायत छन् । ३ सदस्यपछि थपिने छन् । टोल २ को कमिटी अध्यक्षमा तुलसीप्रसाद बास्तोला सचिवमा राम आचार्य, सदस्यमा निरा आचार्य, नानुमाया ढुङ्गाना, विश्वबन्धु ढुङ्गाना, अकुमाया गौ तम, बिन्दु पौडेल, गणेश बास्तोला, शान्ति बास्तोला लगायत छन् ।… पुरा पढौ

आहा रारा गोल्ड कपका लागि मूल समिति र १५ उपसमिति

सहारा क्लब पोखराको आयोजनामा हुने १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका लागि क्लब अध्यक्ष केशवबहादुर थापाको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । क्लबको कार्यसमिति र सल्लाहकार परिषद्को संयुक्त बैठकले मूल आयोजक समितिसहित १ सय १ सदस्यीय सल्लाहकार समिति र १५ उपसमिति गठन गरेको हो । फागुन २२ देखि चैत १ सम्म पोखरा रंगशालामा १८ औं आहा रारा गोल्डकप हुँदै छ । क्लबका वरिष्ठ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं