चर्चित नेता कन्हैया कुमार पक्राउ

वामपन्थी नेता तथा जेएनयू छात्र संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो ट्विटरमा कन्हैया कुमारले यो जानकारी दिएका हुन् । उनले लेखेका छन् ‘आज चम्पारणमा गान्धीजीलाई नमन गरेर गरिब–विरोधी CAA-NRC-NPR  को विरोधमा एक महिने जन–गण–मन यात्राको सुरुवात हुने क्रममा थियो । समाजका धेरै मानिसहरु यो यात्रामा सहभागिताका लागि तयार थिए । तर प्रशासनले केही समय अघि सबैलाई हिरासतमा लिएको छ ।’

बुधबार कन्हैया कुमारले भनेका थिए कि उनी एक महिना लामो जन–गण–मन यात्रा गर्ने क्रममा छन् जो बिहारका सबै प्रमुख शहरमा पुग्ने छ । यस क्रममा करिब ५० वटा सभा हुने तय भएको थियो ।