वात्स्यायन वृद्धाश्रममा चितवन पोखरा समाजको वार्षिकोत्सव

चितवन पोखरा सम्पर्क समाजले मंगलबार १७ औं वार्षिक उत्सवको अवसरमा पोखरा १४ स्थित बाच्छी बुडुवामा रहेको वात्सायान बृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण गरी मनाएको छ ।

२० जना ज्येष्ठ नागरिकलाई समाजले १६ हजारका सामग्री प्रदान गरेको हो । समाजकी अध्यक्ष शान्ता पुरीले ज्येष्ठ नागरिक समाज र राष्ट्रका गहना भएकाले उनीहरुलाई हेरचाह र सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा समाजका उपाध्यक्ष दिलीप पनेरु, वृद्धाश्रम व्यवस्थापन समिति उपाध्यक्ष रमेश जिसी, समाजका आजीवन सदस्य रामप्रसाद कंडेल, सचिव तारा सापकोटा लगायतले बोलेका थिए ।