वी आर स्ट्रोङले सेभेन ए साइड आयोजना गर्ने

फेसबुक ग्रुप वी आर स्ट्रोङले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । यही फागुन १९ देखि २१ गतेसम्म ३ दिन पृथ्वीनारायण क्याम्पसमा प्रतियोगिता हुने भएको छ ।

पिएनको अन्नपूर्ण खेल मैदानमा हुने प्रतियोगितामा पुरुष र महिला गरी फरक फरक रुपमा सञ्चालन हुने वि आर स्ट्रोङका एडमिन एवं कार्यक्रम संयोजक कुमार गौतमले जानकारी दिए । खेलकुद र अन्य क्रियाकलाप गरी समाजसेवामा योगदान गर्न ग्रुप खोलिएको अर्का एडमिन महेश पौडेलले बताए ।

खेलमा पुरुषतर्फ २० र महिलातर्फ १० टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रथमलाई नगद ११ हजार १ सय ११ र दोस्रोलाई ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सामाजिक र खेलकुद क्षेत्रमा निरन्तर योगदान गर्ने अठोट गर्दै ग्रुपका एड्मिनहरु अनुप लामिछाने, देव गुरुङ, विष्णु पोखरेल, अनील कुँवर र सरोज लामिछानेले प्रतियोगिता सफल पार्न सबैको सहयोगको अपेक्षा गरेका छन् ।