आहा रारा गोल्ड कपका लागि मूल समिति र १५ उपसमिति

सहारा क्लब पोखराको आयोजनामा हुने १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताका लागि क्लब अध्यक्ष केशवबहादुर थापाको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन भएको छ ।

क्लबको कार्यसमिति र सल्लाहकार परिषद्को संयुक्त बैठकले मूल आयोजक समितिसहित १ सय १ सदस्यीय सल्लाहकार समिति र १५ उपसमिति गठन गरेको हो । फागुन २२ देखि चैत १ सम्म पोखरा रंगशालामा १८ औं आहा रारा गोल्डकप हुँदै छ ।

क्लबका वरिष्ठ उपाध्यक्ष हरेराम गुरुङ (सुरज)लाई प्रतियोगिता संयोजक चयन गरिएको छ भने मूल आयोजक समिति सदस्यसचिवमा महासचिव रामजीप्रसाद अधिकारी छन् ।

उपसमिति अन्तर्गत अर्थ संकलन उपसमिति संयोजकमा क्लबका सल्लाहकार सुनील गुरुङ, प्रचारप्रसारमा पत्रकार नारायण कार्की, स्वयंसेवक परिचालनमा मानार्थ सदस्य प्रकाश शेरचन, शान्ति, सुरक्षा व्यवस्थापन उपसमितिमा मानार्थ सदस्य खेमबहादुर गुरुङ, ग्राउन्ड व्यवस्थापन उपसमितिमा क्लब सल्लाहकार तेजबहादुर गुरुङ, आवास व्यवस्थापनमा क्लब सल्लाहकार मुक्षेत्र गुरुङ र सहभागी टिम सम्पर्क उपसमितिमा पूर्व अध्यक्ष विक्रम थकाली संयोजक चयन भएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

अतिथि सत्कार उपसमितिमा क्लब सल्लाहकार गणेशबहादुर भट्टराई, आयोजक टिम तयारी उपसमितिमा निवर्तमान अध्यक्ष वीरभद्र आचार्य, मञ्च व्यवस्थापन उपसमितिमा सल्लाहकार शम्भु कार्की, प्राथमिक उपचारमा सल्लाहकार डा. रवीन्द्रप्रसाद श्रेष्ठ, प्राविधिक तथा अनुशासन उपसमितिमा क्लबका मानार्थ सदस्य महेश गुरुङ, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र व्यवस्थापनमा क्लबका संस्थापक सचिव पूर्णबहादुर गुरुङ, लियाजन उपसमितिमा सहारा युकेका महासचिव धनु थकाली र यातायात व्यवस्थापनमा क्लबका संस्थागत सल्लाहकार योगेन्द्रबहादुर केसी संयोजक छन् । आवश्यकता अनुसार विभिन्न उपसमितिसमेत गठन गरिनेछ ।

प्रतियोगिता सभ्य र भव्य बनाउन सघाउन साहारा क्लबले सबैलाई अनुरोध गरेको छ ।