ढुङ्गाको हैन यो मेरो देह , हो अन्नपानीको
कुन बेला ढल्छ केही ठेगान छैन यो जिन्दगानीको
हावामै मृत्यु उडेको देख्छु भागेर कहाँ पो जाउँ
पानीमै मृत्यु बगेको देख्छु तिर्खामा के पो खाउँ
रोगको आगो , शोकको आगो चौतर्फी आगो छ
जीवनको नाउँमा चुँडिन बाँकी मसिनो धागो छ
नराम्रो कुनै सपना हो कि , भ्रम अरु केही हो
चिमोटी हेर्छु आँफैलाई तर यथार्थ यही हो
थाहा छैन कैले एक मुट्ठी प्राण छोडेर जाने हो
जन्मेकै भेषमा मर्नु छ भने जाँदा के लाने हो ?




