संकटको पाठ : शिक्षा र स्वास्थ्य राष्ट्रियकरण

हजारौ सिध्दान्तभन्दा एक ब्यवाहारले धेरै कुरा सिकाऊदछ । नेपालमा क्रान्तिकारीहरूले शिक्षा र स्वस्थ्य राष्ट्रियकरण हुनु पर्दछ भनेर आवाज उठाउन थालेको धेरै समय भयो । हरेक राजाीतिक परिवर्तनकालागि भएका जनआन्दोलन जनक्रान्तिमा यी एजेण्डा मूख्य बन्छन् । जव राजनीतिमा पुनस् संरचनाका कुरा आऊदछन् क्रान्तिकारी भनिएकाहरू नै सत्तामा पुग्दछन् । उनीहरू नै शिक्षा र स्वस्थ्यका माफियासंग साझेदारी गर्न पुग्दछन् । यही नै वर्तमानको यथार्थ हो ।

हाल कोरोना भाइरसले विश्व आक्रान्त छ । यसको बासिटा नेपालमा पनि आइपुगेको छ । यदि समयमा नै होषियारी नअपनाउने हो भने बिकसित देशको त त्यो हालत भयो भने हाम्रो के हालत होला ? हाल सरकारले देशलाइ लकडाउनमा राखेर यसबाट वच्न बचाउन जुन प्रयत्न गरेको छ,सरकारी डाक्टरहरू, नर्सहरू, सुरक्षाकर्मीहरू लगायत सर्वसाधारणहरूले जुन एकता प्रदर्शन गरेका छन्, यो उधारणीय नै छ ।

यस्तो सङ्कटको समयमा नेपालमा विश्वस्तरको सुविधा सम्पन्न छन् भन्दै उपचारका नाममा जनतालाई हरिकङ्गाल पार्ने दलाल, पँजीपतिद्वारा सन्चालित निजी छेत्रका अस्पतालहरूले अस्पतालकै ढोका बन्द गरेर बिरामीलाई प्रबेस निषेध गरेका छन् । यी स्वास्थ्व र शिक्षाका माफियाहरू एकातर्फ विश्वसाम्राज्यवादीका अन्तर्राष्ट्रिय दलाल र घरेलुरूपमा साम्राज्यवादीकै दलाल राजनितिज्ञसंग जोडिएकाले सरकारले चाहेर पनि केही गर्न सक्दैन । यो सरकारले निरीह रूपमा अनुरोध गर्नुबाहेक केही गर्न सक्दैन । यही नै अहिलेको सापेक्षता हो दलालपुँजीवादको सौन्दर्य पनि हो ।

सकेसम्म रक्तपातपूर्ण क्रान्ति गर्न कुनै क्रान्तिकारीको रोमञ्च होइन । यही दलाल प्रतिकृयावादी सरकारले पनि शिक्षा स्वास्थ्यलाई राष्ट्रियकरण गर्दछ भने स्वगतयोग्य नै हुनेछ ।

यो नियतीलाई जनताले सधै मान्नुपर्ने केही छैन । नियती आफै फेरिदैन , निरपेक्षतामा मात्र नियती फेर्न सकिन्छ । यदि हामीले नियतीलाई मानेर जनआन्दोलन, जनक्रान्ति, जनयुध्द नगरेको भए अहिले पनि हामीहरू पारस शाहाका रैतीनै रहने थियौ ।

हुन त लेनिनले भने जस्तो समाजमा नयाँ सर्बोत्तम ब्यवस्था कायम गर्न, जुन नयाँ यश सामाजिक ब्यवस्थामा धनीहरू र गरिवहरू रहने छैनन्, सबै श्रमिकहरूले काम गर्नुपर्नेछ । एक मुठ्ठी धनाढ्यहरूले होइन, समस्त श्रमिकहरूले श्रमको फल उपभोग गर्न पाउनेछन् । मेसिनहरू तथा अन्य सुधारहरूले लाखौ र करोडौ जनताहरूको हितका प्रतिकूल अल्पसङ्यकलाई सम्पन्न तुल्याउने होइन । सबैको काम सहज तुल्याउने हुनेछ । यो सर्बोत्तम समाजलाई समाजवादी समाज भन्दछन् । यस्तै समाज स्थापित गर्न पछिल्लो चरणमा दशबर्से जनयुध्द भएको थियो, जस्मा दशौ हजार नेपाली आमाका सपुतले जीवन बलिदानी गरेका थिए ।

यसले पनि सत्तामा आमूल परिवर्तन गर्न सकेन । राज्य पुनसंरचनाका नाममा नेतृत्वको ठूलो हिस्सा पुरानै संसदीय ब्यवस्थामै परिवर्तन भयो ।देशमा अझै क्रान्तिको आवस्यकता छ राष्ट्रियता जनतन्त्र जनजीवीकाकोलागि एकिकृत जनक्रान्तिका माध्यमद्वारा क्रान्ति गर्नुपर्दछ भन्ने पार्टीमाथि अहिले प्रतिबन्ध लाएको छ । जनयुध्दकै मूख्य नेतृत्व जुन हाल संसदीय खाडल रहेर प्रतिबन्ध लगाएकाले जनतामा भ्रम छ ।

सरकारले चासो देखाएन भने जनताले शिक्षा स्वास्थ्व रोजगारीलाई लिएर कोरोनाभाइरसको महामारी सकीयपछि अवस्यै आन्दोलन गर्नेछन् ।

प्रकृति सधै गतिमा हुन्छ । संसारका कुनै बस्तु पनि नित्य हुदैनन् । जनआन्दोलन , जनक्रान्तिहरू सधै सिधा रेखामा हुदैनन् । हजारौ प्रयत्न सयौ असफलताबाट मात्र का्रान्तिहरू पूरा हुन्छन् । दासहरूले आफ्नो पूर्ण स्वतन्त्रताका लागि लाखौले बलिदानि गरे । दासप्रथाको त अन्त भयो तर आयो सामन्तवाद सामन्तवादका बिरूध्द स्वतन्त्रताका लागि पुँजीवादीको नेतृत्व क्रान्ति भयो आयो साम्राज्यवाद । यसरी हजारौ क्रान्तिका अनुभवले लेनिनले समाजवादी क्रान्ति सफल गर्न सके । लेनिनको समयदेखि बिश्वमा समाजवादी आन्दोलनहरू चीन भियतनाम क्युवाआदि देशमा सफल भए ।

हाम्रै देश नेपालमा पनि दश बर्से जनयुध्दले आमूल परिवर्तन ल्याउन नसके तापनि पारस शाह जस्ता बहुलठ्ठको बोली कानुन हुने राजतन्त्रलाई सधाकालागि अन्त ग(यो । क्रान्ति कुनै ब्यक्तिलाई सत्तामा पु(याउन गर्ने कर्म होइन । सकेसम्म रक्तपातपूर्ण क्रान्ति गर्न कुनै क्रान्तिकारीको रोमञ्च होइन । यही दलाल प्रतिकृयावादी सरकारले पनि शिक्षा स्वास्थ्यलाई राष्ट्रियकरण गर्दछ भने स्वगतयोग्य नै हुनेछ । यदी सरकारले चासो देखाएन भने जनताले शिक्षा स्वास्थ्व रोजगारीलाई लिएर कोरोनाभाइरसको महामारी सकीयपछि अवस्यै आन्दोलन गर्नेछन् । यसलाई ठीक निशानामा पु(याउने दाइत्व क्रान्तिकारी पार्टीहरूको हुनेछ । अब कुनै हालतमा पनि शिक्षा स्वास्थ्य जस्ता जनसरोकारका बिषयमा निजीकरणलाई हटाई राष्ट्रियकरण गर्न ढिलो गर्नु हुँदैन ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।