Author Archive

स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ। मन्त्री ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मु्द्दा दायर भएको हो। मन्त्री ढकालविरुद्ध मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा उजुरी परेको हो। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका हुन्। प्रदेशसभा सदस्य पौडेलले बुधबार अख्तियारको वेबसाइटमार्फत् मन्त्री ढकालकाविरुद्ध उजुरी दिएका हुन्। सो पार्टीका केन्द्रीय अध्यक्ष मिलन पाण्डेले प्रदेश नम्बर ३… पुरा पढौ

सबै प्रदेशलाई गरिमाको ५/५ लाख

विश्वभर कोरोना फैलिएको भाइरस (कोभिड–१९) नियन्त्रणका लागी गरिमा विकास बैकले ३५ लाख सहयोग गरेको छ । बैंकले प्रत्येक प्रदेशका लागि ५ लाखको दरले ३५ लाख रुपैया राहत स्वरुप प्रदान गरेको बैकका सिइओ गोबिन्द ढकालले जानकारी दिए । सो रकम प्रदेश सरकारका राहत कोषमा जम्मा गरिने उनले बताए । सरकारले राज्यभर लकडाउनको घोषणा गरेको बेला दैनिक उपभोग्य बस्तुको जोह गर्न समेत समस्या परिरहेको समुदायलाई खानाको व्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका व्यक्तिको… पुरा पढौ

रुपामा आउन जान प्रतिबन्ध

कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मङ्गलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन ८ नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध परिचालित स्वयंसेवकलाई खटाएर पूर्ण कार्यान्वयन गरिने बताए । ओझाले गाउँपालिकावासीका लागि आवश्यक औषधि र अन्य उपभोग्य सामग्री सकिएमा गाउँपालिका वा जनप्रतिनिधिलाई खबर गरे सोको व्यवस्था गाउँपालिकाले नै गर्ने जानकारी दिए… पुरा पढौ

मुक्तक

बासुरी बनाऔं, मर्मभेदी गाना बनाऔं जीवन सर्वाेपरि ठान्ने जमाना बनाऔं उपचार नगर्ने हस्पिटल तत्काल खारेज गरी सके क्वारेन्टाइन बनाऔ, नभए पाइखाना बनाऔं कहरमा देशलाई चाहिए धन दिनुपर्छ, नाडीको मासी दिनुपर्छ हिम्मत र आत्मबल थपेर चुडिएका मन मनलाई गाँसीदिनुपर्छ सुनियो स्वास्थ्य सामग्रीमा ठूलै अनियमितता भएको अहिले पनि तलमाथि गर्ने जोकोहीलाई फाँसी दिनुपर्छ पुरा पढौ

पोखरा २८ मा राहत वितरण र कोरोना रोकथामबारे छलफल

साबिक माझठाना र कालिका गाविस समेटेर बनाइएको पोखरा महानगरपालिका वडा नं. २८ ले कोरोना संक्रमणका जोखिम पहिचान गरी मंगलबार सर्वदलीय बैठक गरेको छ । वडाध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको बैठकले महानगरको मापदण्ड बमोजिम अति विपन्नलाई राहत र वडावासीलाई कोरोनाबाट सुरक्षित बनाउने उपायबारे छलफल गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण सम्वन्धी वडा स्तरीय समितिका संयोजकसमेत रहेका वडाध्यक्ष दियालीले वडा वडामा क्रियाशील विभिन्न राजनीतिक दल, नागरिक समाजका अगुवा, सामुदायिक प्रहरी… पुरा पढौ

मुक्तक : कात्रो किन्दा नि कमिसन…

विद्रोह गर्दै छ यो मन खै के खै केज्वाला निस्किदै छ झन् झन् खै के खै केहसिया हथौडाले टाउको फोर्नु छ तिम्रोकात्रो किन्दा नि कमिसन खै के खै के ! समानताको कुरा गर्दा सहयात्रीबाटै डण्डित छुपहिले एक थिए अहिले टुक्रा टुक्रामा खण्डित छुमासिने बेलामा कमिलाको पनि प्वाँख पलाउँछहिजो इन्क्लाब आयो भन्नेहरुबाटै प्रतिबन्धित छु पुरा पढौ

तनहुँमा करेण्ट लागेर १ को मृत्यु

मंगलबार दिउँसो करेन्ट लागेर तनहुँमा १ जनाको ज्यान गएको छ । दिउँसो साढे १ बजेतिर शुक्लागण्डकी नगरपालिका ११ नासिकोट बस्ने ३५ वर्षका गोबिन्द आलेलाई मिटर जोड्ने क्रममा अचानक करेन्ट लागेको हो । घाईते आलेलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा ल्याएकोमा सबा ३ बजे डाक्टरले मृत घोषित गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुरा पढौ

कोरोना कोषमा पूर्वराजाको २ करोड

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले बनाएको कोरोना उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने भएका छन् । मंगलबार विज्ञप्ति निकालेर उनले आफ्नो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दाखिला गरिने जानकारी दिए । शाहले लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गर्न पनि आग्रह गरेका छन् । पुरा पढौ

राहत कोषमा मासबार आमा समूहको सहयोग

पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीवन निर्वाह गरेकाहरुलाई राहत वितरण गर्न स्थापना गरेको राहत कोषमा पोखरा ७ मासबारको मासबार आमा समूहले आर्थिक सहयोग गरेको छ । समूहका अध्यक्ष टीकादेवी अधिकारी र सचिव शारदा गिरीले मंगलबार एक विज्ञप्ति जारी गरी महानगरको राहत कोषमा ११ हजार १ सय ११ सहयोग गरेको जानकारी दिएका हुन् । संस्थाले आफ्नो २५ औं वर्षको अवसरमा उक्त रकम राहत कोषमा सहयोग गरेको हो ।… पुरा पढौ

कोरोनाबाट कंगोका पूर्व राष्ट्रपतिको मृत्यु

कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको कोरोना संक्रमणबाट निधन भएको छ। ८१ वर्षीय ओपाङ्गोको फ्रान्समा निधन भएको हो । उनले सन १९७७ देखी १९७९ सम्म कंगोको सत्ता सम्हालेका थिए। त्यसपछि उनलाई वर्तमान राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए। सन् १९९१ मा बहुदलीय प्रजातन्त्र आउनुअघि उनले धेरै बर्ष जेल जिवन बिताए। उनले १० बर्षसम्म उनले फ्रान्समा निर्वासित जिवन बिताएका थिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं