मुक्तक : कात्रो किन्दा नि कमिसन…

विद्रोह गर्दै छ यो मन खै के खै के
ज्वाला निस्किदै छ झन् झन् खै के खै के
हसिया हथौडाले टाउको फोर्नु छ तिम्रो
कात्रो किन्दा नि कमिसन खै के खै के !

समानताको कुरा गर्दा सहयात्रीबाटै डण्डित छु
पहिले एक थिए अहिले टुक्रा टुक्रामा खण्डित छु
मासिने बेलामा कमिलाको पनि प्वाँख पलाउँछ
हिजो इन्क्लाब आयो भन्नेहरुबाटै प्रतिबन्धित छु