बासुरी बनाऔं, मर्मभेदी गाना बनाऔं
जीवन सर्वाेपरि ठान्ने जमाना बनाऔं
उपचार नगर्ने हस्पिटल तत्काल खारेज गरी
सके क्वारेन्टाइन बनाऔ, नभए पाइखाना बनाऔं
कहरमा देशलाई चाहिए धन दिनुपर्छ, नाडीको मासी दिनुपर्छ
हिम्मत र आत्मबल थपेर चुडिएका मन मनलाई गाँसीदिनुपर्छ
सुनियो स्वास्थ्य सामग्रीमा ठूलै अनियमितता भएको
अहिले पनि तलमाथि गर्ने जोकोहीलाई फाँसी दिनुपर्छ




