Author Archive

अस्ट्रेलियामा ५ नेपाली विद्यार्थीलाई कोरोना

अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली छात्रालाई कोभिड १९ संक्रमण भएको छ । अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनीहरु चारै जना एकै कोठामा बस्थे । सुरुमा १ जनामा संक्रमण देखिएपछि जाँचका क्रम उनीहरुमा संक्रमण फेला परेको हो । नेपाली दुतावासका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत कोरोना देखिएको छ । पुरा पढौ

डेढ महिनाको सुविधा रकम कोरोना कोषलाई

गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले गण्डकी प्रदेश सरकारले हालै स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो महिनाको सुविधा बराबरको रकम प्रदान गर्ने भएका छन् । उनले शुक्रबार साँझ समाजिक सञ्जालमार्फत गण्डकी प्रदेशले सथापना गरेको सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । ‘कोरोना भाइरस बन्दुकको गोलि होइनन्m डराई हाल्नुपर्ने १होसियारी अपनाउनैपर्छ ।, लकडाउन पालना गरौ मैले दुई दिन अगाडी गरेको निर्णय प्रदेश सरकारलाइ पूर्ण… पुरा पढौ

कविता : भोक र भाइरस

आफैंले आफैंलाई कैद गरेको छु कोठामा केही दिन देखि म स्वंघोषित बन्दि भएको छु । चोक सुनसान छ सुनसान छ यो सहर देश सुनसान छ बन्द छ उजेली दिदीको चियापसल भेट भएको छैन हुकुम दाइ सँग बिक्री भयो भएन थाहा छैन सेती किनारबाट बोकेको बालुवा । यतिबेला सरकारले भित्र बस भनेको छ म बाहिर निस्किएको छैन हो हुकुम दाइ सरकारले भित्रै बस मात्रै भनेको हो भोकै बस भनेको होइन । पुरा पढौ

रातो सलाम सिजिन पिङ्गलाई

अक्टोबर २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीले १९औँ नेसनल कंग्रेस (पार्टीको सर्वोच्च निकाय) मा चीनको संविधानमा नयाँ राजनीतिक सिद्धान्त ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादमा सी जिन पिङ विचारधारा’ राख्यो । यस्तो नयाँ संवैधानिक परिवर्तन भएको पाँच महिनापछि नेसनल पिपुल्स कंग्रेसले राष्ट्रिपतिको निश्चित कार्यकाल अवधिको सीमा हटायो, जसले चीनको राजनीतिमा भुइँचालो नै ल्यायो । यस्तो व्यवस्थासँगै ६५ वर्षीय चिनियाँ राष्ट्रपति सी जिन पिङलाई सम्भवतः अझै २० वर्षसम्म राष्ट्रपतिको पद सम्हाल्ने बाटो खुलेको… पुरा पढौ

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

नेपालमा कोरोना भाइरसका चौथो संक्रमित भेटिएका छन्। ती संक्रमित ३४ वर्षका पुरुष हुन् । उनको अवस्था सामान्य रहेको र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पुरा पढौ

पेस्तोल पड्किँदा प्रहरीको मृत्यु

स्याङ्जाको हरिनासको इलाका प्रहरी कार्यालयका प्रहरी हवलदार रविन्द्र पौडेलको शुक्रबार दिउँसो मृत्यु भएको छ । हतियार थन्काउने क्रममा अचानक पेस्तोल पड्किँदा घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले घाइते पौडेलको उपचारका क्रममा मणिपाल अस्पताल पोखरा ल्याएपछि मृत्यु भएको जानकारी दिए । पौडेल चिसापानी इलाका प्रहरी कार्यालयको चालक थिए । पेस्तोल कसरी पड्किएको हो भनी अनुसन्धान भइरहेको प्रजिअ कुरुम्बाङले जानकारी दिए । पुरा पढौ

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएको छ । केही मिनेटअघि आफ्नो ट्विटरमा भिडियो पोस्ट गर्दै उनले आफूलाई कोभिड १९ पोजेटिभ भएको उनले जनाएका छन् । उनले आफूलाई २४ घन्टादेखि खोजी र केही ज्वरो आएकाले परीक्षण गर्दा आफूलाई कोरोना पोजेटिभ देखिएको उनले लेखेका छन् । उनले आफू सेल्फ आइसोलेसनमा रहेको र घरैबाट काम गरिरहेको जनाएका छन् । उनले देशको तर्फबाट कोरोनासँग मुकाविला गरिरहने जनाएका छन् । बेलायतमा अहिलेसम्म ११ हजार… पुरा पढौ

लकडाउन पालना गर्न पोखरा २८ को आग्रह

पोखरा महानगरपालिका वडा नं. २८ ले लकडाउन पालना गर्न वडाबासीलाई आग्रह गरेको छ । महानगरको शुक्रबार बसेको बैठकको निर्णय बमोजिम शुक्रबार वडामा भएको सरोकारवालाको बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको हो । साबिक माझठाना र कालिका दुवैलाई पायक गर्ने गरी क्वारेन्टाइन स्थल पहिचान र निर्माण गर्ने निर्णय भएको वडाध्यक्ष निर्मल दियालीले जानकारी दिए । अहिले पनि वडामा विदेशबाट आएका १६ जनालाई होम क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ । कोरोना… पुरा पढौ

अस्पतालबाट सुई लगाएर फर्केकी गर्भवतीको मृत्यु

पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी भिमाद नगरपालिका–९ की ३४ वर्षीया थमनकुमारी आलेको मृत्यु भएको छ। बिहीबार साँझ अस्पताल पुगेकी आलेलाई ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर फर्काइएको थियो। तीन महिनाकी गर्भवती आलेकोे घर फर्केलगत्तै राति पुनः स्वास्थ्यमा समस्या आएपछि पोखरा लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो। अस्पतालको चरम लापरवाही भएका कारण महिलाको ज्यान गएको भिमाद नगरपालिका ९ का वडाध्यक्ष इमानबहादुर थापाले आरोप लगाए। महिला… पुरा पढौ

लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’

कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनासक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइडहुँदै सहिदचोक सम्मको सडकमा किटनासक औषधी छर्केको हो । लेकसाइड क्षेत्रमा किटनासक औषधी छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा किटनासक औषधी छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं