Author Archive

पोखरामा छरियो ‘डिसइन्फेक्सन स्प्रे’

पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभारम्भ गरेका हुन् । कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन किटनासक औषधी छर्न सुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । उनले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु,… पुरा पढौ

गाडी नपाए मलाई फोन गर्नुहोस् : वडाध्यक्ष गुरुङ

पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले लकडाउनमा बिरामी भएर अस्पतालनै लैजानु पर्ने अवस्था आए आफुलाई फोन गर्न वडावासीलाई आग्रह गरेका छन् । उनले आफुले नीजि रुपमा प्रयोग गर्दै आएको बा ११ च ६०२१ नम्बरको कारसहित आफु वडावासीलाई विपतका बेलामा सहयोग गर्न तयार रहेको बताएका छन् । लकडाउनका कारण सवारी साधन नपाउँदा अन्य विरामीले ज्यानैसम्म गुमाउनु पर्ने अवस्था आएमा आफु त्यस्ताको उद्धारमा खटिने वडाध्यक्ष गुरुङले बताएका हुन ।… पुरा पढौ

लेकसाइडमा ४ रेष्टुरेण्ट पर्यटकका लागि खोलिने

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले लेकसाइडका ४ वटा रेष्टुरेण्ट खुलाउने भएको छ । पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकलाई खाना खुवाउन सुविधा होस् भनेर रेष्टुरेण्ट खुलाउने निर्णय गरेको हो । रेवान पोखराले बुधबार जारी गरेको विज्ञप्ती अनुसार पर्यटकलाई लक्षित खुल्ने रेष्टुरेण्टहरुमा लेकसाइडको अम्बोट स्थित माउण्ट कैलाश रिसोर्ट, बाराही चौक स्थित मुनडान्स रेष्टुरेण्ट, मुस्ताङ चोक स्थित ड्याडी किचन र गौरीघाट स्थित होटल ग्लासिएर छन् । यी रेष्टुरेण्टबाट सुपथ मुल्यमा… पुरा पढौ

कविता : कोरोना भगाऔं

कोरोना भाइरस विश्वभरी फैलिएछ अहिले रोकथाम गरौ हजुर रोग नआउदै पहिले साबुनपानीले पटकपटक हात धुनु पर्दछ रुघाखोकी लाको मान्छेको टाढै हुनु पर्दछ !! आफू सचेत बनौ हजुर सचेतना जगाउ बाहिर हिड्नुपर्यो भने मुखमा माक्स लगाउ अनावश्यक भिडभाडमा जादैजानु हुन्न राम्रो संग नपाकेको अण्डा मासु खान हुन्न !! हाच्छ्यु गर्दा हातले होइन रुमालले मुख छोपौ साथीभाइ भेट्दापनी नमस्कारमा हात जोडौ अहिलेसम्म सुरक्षित छ भन्छन हाम्रो नेपाल हामी सबै एकजुट भइ रोग… पुरा पढौ

रिचार्ज बराबरकै बोनस सुविधा

नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार दिउँसाेबाट उपलब्ध गराउन सुरु गरेको छ । यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन । मङ्गलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो । कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो । पुरा पढौ

कोरोना निको भएर घर फर्किन् भगवती

लन्डनमा कोरोना संक्रमित १ नेपाली निको भएर घर फर्किएकी छिन्। गत शुक्रबार कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएकी भगवती रानाभाट मंगलबार डिस्चार्ज भएकी हुन् । उनका श्रीमान डा मीन रानाभाटले भगवती घर फर्किएको जानकारी दिए । पुरा पढौ

पिपिई बाड्दै चौधरी फाउन्डेसन, किट ल्याउन पहल

नेपाली अर्बपति विनोद चौधरीको चौधरी फाउन्डेसनले कोरोना संक्रमणको त्रासबाट जोगाउन सहयोगी हातअघि बढाएको छ । एकमात्र नेपाली अर्बपति चौधरीले फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । किटको ढुवानी सहजीकरणका लागि प्रयास भइरहेको उनले जनाए । केही अस्पताललाई पिपिइ बाँडिसकेको फाउन्डेसनले थप पिपिइ वितरण र चाडै कोरोना जाच्ने किट ल्याउने जनाएको छ । चौधरीले भनेका छन्, ‘आजको आवश्यकता भनेको पैसा होइन, यी उपकरणको आपूर्ति हो ।’ आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील… पुरा पढौ

नेपालमा तेस्रो कोरोना संक्रमित भेटिए

बुधबार नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा कोभिज १९ पोजेटिभ देखिएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । पहिलो पटक चीनबाट आएका विद्यार्थीमा कोरोना भेटिएको थियो । उनी उपचारपछि निको ठीक भइसकेका छन् । यस्तै चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार नेपाली युवतीमा संक्रमण देखिएपछि मंगलबारदेखि सरकारले… पुरा पढौ

विश्वचर्चित नाटककारको कोरोनाबाट मृत्यु

अमेरिकाका चर्चित नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट मृत्यु छ । उनी ८१ वर्षका थिए । उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका छन् । मेक्नलीले टोनी पुरस्कार ४ पटक जितेका थिए । क्यान्सरबाट समेट पीडित मेक्नलीको फ्लोरिडामा ज्यान गएको हो । बुधबार बिहानसम्म अमेरिकामा कोरोनाबाट ७ सय ८२ जनाको मृत्यु भइसकेको छ भने ५४ हजार ८ सय ४७ जना संक्रमित छन् । पुरा पढौ

कोरोना लुकाए, जानीजानी सारे वा सरकारी आदेश नमाने कस्तो छ सजाय ?

कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४ लाख नाघिसकेको छ। अहिले व्यक्तिगत रूपमा हरेक मानिस सतर्क भइरहेका छन्। सकेसम्म भिडभाडमा नजाने, हात नमिलाउने, एक व्यक्तिदेखि अर्को व्यक्तिबीच निश्चित दूरी ९चिकित्सकका अनुसार कम्तीमा ६ फिट टाढा० कायम गर्ने आदि नियम पालना गर्ने क्रम तीव्र छ। फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनी टेुक अस्पतालमा उपचार गराइरहेकी छन् भने यसअघि उनीसँग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं