चैत्र १२ गते २०७६

ताजा समाचार

चैत्र १२ गते २०७६

पिपिई बाड्दै चौधरी फाउन्डेसन, किट ल्याउन पहल



नेपाली अर्बपति विनोद चौधरीको चौधरी फाउन्डेसनले कोरोना संक्रमणको त्रासबाट जोगाउन सहयोगी हातअघि बढाएको छ । एकमात्र नेपाली अर्बपति चौधरीले फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।

किटको ढुवानी सहजीकरणका लागि प्रयास भइरहेको उनले जनाए । केही अस्पताललाई पिपिइ बाँडिसकेको फाउन्डेसनले थप पिपिइ वितरण र चाडै कोरोना जाच्ने किट ल्याउने जनाएको छ । चौधरीले भनेका छन्, ‘आजको आवश्यकता भनेको पैसा होइन, यी उपकरणको आपूर्ति हो ।’

आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने उनले प्रतिवद्धता गरेका छन् । पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थ पोस्ट (भेडाबारी, नवलपुर), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)मा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराइसकेको उनले जनाए ।

प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिमका प्रमुख स्वास्थ्य केन्द्रमा बिहीबारसम्ममा आवश्यक सामग्री वितरण गरिने उनको भनाइ छ । जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा पिपिई लगायतका सामग्रीका लागि फाउन्डेसनले हेल्पलाइन पनि सुरु गरेको । यसका लागि 9851172398, 9801067443 र 9802020953 मा सम्पर्क गर्नुपर्ने छ ।