Author Archive

लकडाउनमा चलाइएको बस दुर्घटना

लकडाउनलाई बेवास्ता गरी चलाइएको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शारदा नगरपालिका ८ मार्केको काटीगाउँबाट शारदा नगरपालिका ५ दुल्धरापोखरा आउँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् । बस बिहीबार राति दुल्धरापोखरा नजिकै दुर्घटना भएको हो । दाङ तुल्सीपुर उपमहानगरपालिका ४ का सुजन नेपालीको कोहलपुरस्थित मेडिकल कलेजमा शुक्रबार बिहान मृत्यु भएको हो । घाइते भएका शारदा नगरपालिका… पुरा पढौ

कविता : चराहरूको दैनिकी

उठ्नुबचेराहरूको खबर बुझ्नुगुँड सफा गर्नुगुँडबाटै दूरदराजसम्म आशिर्वाद पठाउनुर ह्रदयमा उनीहरूकै मङ्गलाचरण पढ्नुहरदम, हरक्षणबचेरा सम्झनु र सम्झिरहनुचराहरूको दैनिकी बनेको छआजकल । जन्मँदै पखेँटा लिएर जन्मनेवेगवान चराका बचेराहरूजब हुर्क्यौला बन्छन्वायुपङ्खी सामर्थ्य प्राप्त हु्न्छ पखेँटाहरूमान चराहरूको चारा पर्याप्त हुन्छन गुँड, न आकासउनीहरू आफ्नो आकास आफैँ बनाउन चाहन्छन्जसरी चराहरूले बनाएथे कुनैबेलायो सनातन शृङ्खलाचल्छ र चलिरहन्छ हुर्के पनि बचेराहरूउडे पनि देश-देशावरकिन फुलको आवरणभित्रै भए झैँ लाग्छ उनिहरूकसरी खोज्लान् चाराकसरी बनाउलान् गुँडदुषित हावा चलिरहेछ जताततैविज्ञान आफैँ… पुरा पढौ

एम्बुलेन्समा यात्रु बोक्ने पक्राउ

नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको छ । को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाजकल्याण ट्रष्टको नाममा दर्ता छ । एम्बुलेन्सका चालक मोरङको कटहरी गाउँपालिका वडा नं ६ का ३२ वर्षीय अजय सरदारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । विराटनगरबाट भद्रपुर आएर सो एम्बुलेन्सले भद्रपुरका चार बासिन्दालाई ९ हजार भाडामा लैजाँदै… पुरा पढौ

प्रधानमन्त्री अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । गत २१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक… पुरा पढौ

स्पेनमा ४ नेपालीलाई कोभिड १९

स्पेनमा ४ नेपालीलाई कोरोना संक्रमण भएको छ । क्याटालोनिया क्षेत्रमा बस्ने उनीहरुको उपचार भइरहेको छ । चारै जना संक्रमित पुरुष हुन् । ३ जनाको अवस्था सामान्य छ भने १ जनाको अवस्था गम्भीर भएकाले आईसीयु उपचार भइरहेको छ । गत १४ मार्चदेखि पुरै देश लकडाउन गरे पनि स्पेनमा कोरोना नियन्त्रण हुन सकेको छैन । देशभर हालसम्म संक्रमितको संख्या ६० हजार पुगिसकेको छ । बिहीबारसम्म ४ हजार बढीको मृत्यु भइसकेको छ। पुरा पढौ

संकटमा व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

कोरोना भाइरस कोभिड १९को कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नको लागि पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्कको सुरुवात गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने औषधी, खाद्यान्य लगायतका दैनिक उपभोग्य बस्तुको सहज आपुर्तीका लागि सहजीकरण गरिने अध्यक्ष किसान सुनारले जानकारी दिए । हेल्प डेस्कमा बजार आपुर्तीको समस्या, व्यवसायीको स्वास्थ्य सुरक्षा र सरकारसंग समन्वय गरिेने… पुरा पढौ

अन्नपूर्णका ७ स्थानमा क्वारेन्टाईन

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिका क्षेत्र भित्रका ७ स्थानमा क्वारेन्टाईन स्थापना गरेको छ । कोरोना भाइसर(कोभिड १९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै गाउँपालिकाले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले, हिमालयन देउराली रिर्सोट सिम्पाली, माछापुच्छे« मावि ढिकुरपोखरी, प्रगतिशील मावि सल्यान, संगम मावि लुम्ले, दाङसिङको विरेठाँटी मावि र घान्द्रुकको मेश्रमबराह माविमा क्वारेन्टाईन स्थापना गरेको हो। क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा ५० बेडको, हिमालयन देउराली रिर्सोटमा ३० तथा विद्यालयहरुमा समान २५ वेडका गरी कुल दुई… पुरा पढौ

पौरखी पोखरेली महिला : मास्कपछि बनाए पिपिई

विश्वभर नै सन्त्रास मच्याएको कोरोनासँग मुकाबिला गर्ने प्रयास जारी छन् । देशभर लकलाउन भएपछि नेपालमा क्वारेन्टाइन, आइसोलेसन र पिपिईको प्रबन्ध गरिँदै छ । बजारमा सेनिटाइजर र मास्क अभाव लकडाउनअघि नै थियो । लकडाउन भएपछि पिपिई अभावमा कतिपय अस्पतालले सेवा दिन सकेका छैनन् । देशको यस्तो विपद्मा सघाउन केही दिनअघि मस्क बनाएका पोखरा ५ का महिलाले पिपिई पनि निर्माण गरेका छन् । हाम्रो रचनात्मक गार्मेन्ट उद्योगका महिला यसरी क्रियाशील भएका हुन्… पुरा पढौ

इटहरीका मेयरले फेरि थर्काए पत्रकार

इटहरी उपमहानगरपालिकका मेयर द्वारिकलाल चौधरीले फेरि पत्रकारलाई दुव्र्यवहार गरेका छन् । नगरमा कोरोनानियन्त्रण तथा राकथामका लागि के भइरहेको छ भन्ने विषयमा जानकारी लिन फोन गर्दा उनले हप्काएका हुन् । एरिना टिभिका एक पत्रकार र प्राविधीक राजन कटवाललाई उनले धम्की दिएका हुन । ‘फोन राख‘ भन्दैं उनले अपशब्द बोलेको अडियो रेर्कड नै बाहिरिएको छ । मेयर चौधरी व्यक्तिगत काममा गत शनिवार काठमाडौ गएका थिए । ’ नेपाल पत्रकार महासंघ सुनसरीले फोन… पुरा पढौ

कोरोना रोक्न वडामा पनि समन्वय समिति

पोखरा महानगरपालिकाले कोरोनाको रोकथाम र न्यूनीकरण गर्न ३३ वटै वडा कार्यालयमा समन्वय समिति गठन गरी कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रत्येक वडामा वडा अध्यक्ष, वडासचिव र वडाको स्वास्थ्य संस्था प्रमुख रहेको तीन सदस्यीय समन्वय समिति गठन गरी कामलाई प्रभावकारी बनाउने निर्णय भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेले जानकारी दिए । उनका अनुसार वडामा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं