चैत्र १४ गते २०७६

ताजा समाचार

चैत्र १४ गते २०७६

प्रधानमन्त्री अस्पताल भर्ना



प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । गत २१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।