चैत्र १४ गते २०७६

ताजा समाचार

चैत्र १४ गते २०७६

एम्बुलेन्समा यात्रु बोक्ने पक्राउ



नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको छ ।

को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाजकल्याण ट्रष्टको नाममा दर्ता छ । एम्बुलेन्सका चालक मोरङको कटहरी गाउँपालिका वडा नं ६ का ३२ वर्षीय अजय सरदारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

विराटनगरबाट भद्रपुर आएर सो एम्बुलेन्सले भद्रपुरका चार बासिन्दालाई ९ हजार भाडामा लैजाँदै गरेको खुलासा भएको थियो । एम्बुलेन्स र चालकलाई इप्रका झिलझिलेमा राखिएको छ । यात्रुलाई प्रहरीले छाडिदिएको छ ।