स्पेनमा ४ नेपालीलाई कोभिड १९

स्पेनमा ४ नेपालीलाई कोरोना संक्रमण भएको छ । क्याटालोनिया क्षेत्रमा बस्ने उनीहरुको उपचार भइरहेको छ ।

चारै जना संक्रमित पुरुष हुन् । ३ जनाको अवस्था सामान्य छ भने १ जनाको अवस्था गम्भीर भएकाले आईसीयु उपचार भइरहेको छ ।

गत १४ मार्चदेखि पुरै देश लकडाउन गरे पनि स्पेनमा कोरोना नियन्त्रण हुन सकेको छैन । देशभर हालसम्म संक्रमितको संख्या ६० हजार पुगिसकेको छ । बिहीबारसम्म ४ हजार बढीको मृत्यु भइसकेको छ।