चैत्र १३ गते २०७६

ताजा समाचार

चैत्र १३ गते २०७६

इटहरीका मेयरले फेरि थर्काए पत्रकार



इटहरी उपमहानगरपालिकका मेयर द्वारिकलाल चौधरीले फेरि पत्रकारलाई दुव्र्यवहार गरेका छन् । नगरमा कोरोनानियन्त्रण तथा राकथामका लागि के भइरहेको छ भन्ने विषयमा जानकारी लिन फोन गर्दा उनले हप्काएका हुन् ।

एरिना टिभिका एक पत्रकार र प्राविधीक राजन कटवाललाई उनले धम्की दिएका हुन । ‘फोन राख‘ भन्दैं उनले अपशब्द बोलेको अडियो रेर्कड नै बाहिरिएको छ ।

मेयर चौधरी व्यक्तिगत काममा गत शनिवार काठमाडौ गएका थिए । ’ नेपाल पत्रकार महासंघ सुनसरीले फोन सम्पर्क गर्दा चोधरीले अश्लिल शब्दमा गाली गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको जोखिमको बेला समाचार संकलन तथा सम्प्रेषण गर्ने पत्रकारलाई सहज ढंगले काम गर्ने वातावरण बनाउनुको साटो अपशब्द बोलेकोमा खेद प्रकट गरिएको छ ।