लकडाउनलाई बेवास्ता गरी चलाइएको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शारदा नगरपालिका ८ मार्केको काटीगाउँबाट शारदा नगरपालिका ५ दुल्धरापोखरा आउँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जना घाइते भएका छन् । बस बिहीबार राति दुल्धरापोखरा नजिकै दुर्घटना भएको हो । दाङ तुल्सीपुर उपमहानगरपालिका ४ का सुजन नेपालीको कोहलपुरस्थित मेडिकल कलेजमा शुक्रबार बिहान मृत्यु भएको हो ।
घाइते भएका शारदा नगरपालिका ८ बस्ने वर्ष २६ का सुरेन्द्र सेजवाल, वर्ष २८का थमन चलाउने र शानपा ५ का वर्ष २७ का खेमराज बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






