बुधबार नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा कोभिज १९ पोजेटिभ देखिएको हो ।
अब नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । पहिलो पटक चीनबाट आएका विद्यार्थीमा कोरोना भेटिएको थियो । उनी उपचारपछि निको ठीक भइसकेका छन् ।
यस्तै चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार नेपाली युवतीमा संक्रमण देखिएपछि मंगलबारदेखि सरकारले देशैभर लकडाउन गरेको छ ।
नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।




