चैत्र १२ गते २०७६

ताजा समाचार

चैत्र १२ गते २०७६

कोरोना लुकाए, जानीजानी सारे वा सरकारी आदेश नमाने कस्तो छ सजाय ?



कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४ लाख नाघिसकेको छ।

अहिले व्यक्तिगत रूपमा हरेक मानिस सतर्क भइरहेका छन्। सकेसम्म भिडभाडमा नजाने, हात नमिलाउने, एक व्यक्तिदेखि अर्को व्यक्तिबीच निश्चित दूरी ९चिकित्सकका अनुसार कम्तीमा ६ फिट टाढा० कायम गर्ने आदि नियम पालना गर्ने क्रम तीव्र छ।

फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनी टेुक अस्पतालमा उपचार गराइरहेकी छन् भने यसअघि उनीसँग सम्पर्कमा आएका परिवारका सदस्य लगायत व्यक्तिको पनि सरकारले पहिचान गरी क्वारेन्टिनमा रहन भनिसकेको छ।

यति गर्दागर्दै पनि कतिपय व्यक्तिले रोग लुकाउने तथा नियतवश अरूलाई सार्ने कुचेष्टा पनि नगर्लान् भन्न सकिने अवस्था छैन।
त्यस्ता व्यक्तिलाई सजायको व्यवस्था हाम्रो कानुनले पनि गरेको छ।

नेपालको मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरूलाई सारेमा, लापरबाही वा हेलचक्र्याइँ गरेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ।

यस आधारमा अहिले विश्वभर महामारी बनेर फैलिरहेको कोरोना भाइरसको संक्रमण जानीजानी फैलाउनेलाई पनि १० वर्षसम्म कैदसहित १ लाख जरिवाना हुने कानुनविद् बताउँछन्।

रोग लागेका व्यक्तिले लापर्बाही वा हेलचक्र्याइँ गरेमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ।

दफा १०६ मा सरुवा रोगसम्बन्धी कानुन उल्लंघन गर्न नहुने उल्लेख छ।

संघीय, प्रदेश वा स्थानीय सरकारले वा कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोग सम्बन्धमा जारी गरेको नियम, निर्देशन उल्लंघन गर्न नहुने कानुनी व्यवस्था छ। सरकारले जारी गरेको नियम, आदेश उल्लंघन गरेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुनेछ।

मुलुकमा कोरोना भाइरसको जोखिम बढेपछि संक्रामक रोग ऐन २०२० पनि आकर्षित हुन सक्नेगरी सरकारले लक डाउन गरिसकेको छ।

ऐनअन्तर्गत दिइएका आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिना कैद वा सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ। ऐनमा काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने लेखिएको छ।