बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएको छ । केही मिनेटअघि आफ्नो ट्विटरमा भिडियो पोस्ट गर्दै उनले आफूलाई कोभिड १९ पोजेटिभ भएको उनले जनाएका छन् ।
उनले आफूलाई २४ घन्टादेखि खोजी र केही ज्वरो आएकाले परीक्षण गर्दा आफूलाई कोरोना पोजेटिभ देखिएको उनले लेखेका छन् । उनले आफू सेल्फ आइसोलेसनमा रहेको र घरैबाट काम गरिरहेको जनाएका छन् । उनले देशको तर्फबाट कोरोनासँग मुकाविला गरिरहने जनाएका छन् ।
बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना पुष्टि भएको छ भने ५ सय ७८ जनाको ज्यान गइसकेको छ ।





