रातो सलाम सिजिन पिङ्गलाई

अक्टोबर २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीले १९औँ नेसनल कंग्रेस (पार्टीको सर्वोच्च निकाय) मा चीनको संविधानमा नयाँ राजनीतिक सिद्धान्त ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादमा सी जिन पिङ विचारधारा’ राख्यो । यस्तो नयाँ संवैधानिक परिवर्तन भएको पाँच महिनापछि नेसनल पिपुल्स कंग्रेसले राष्ट्रिपतिको निश्चित कार्यकाल अवधिको सीमा हटायो, जसले चीनको राजनीतिमा भुइँचालो नै ल्यायो । यस्तो व्यवस्थासँगै ६५ वर्षीय चिनियाँ राष्ट्रपति सी जिन पिङलाई सम्भवतः अझै २० वर्षसम्म राष्ट्रपतिको पद सम्हाल्ने बाटो खुलेको छ । यसर्थ, उनको सिद्धान्तले आउँदा दशकमा चीनको विकास तथा विश्व मामिलामा चीनको सहभागितालाई नयाँ आकार देला भन्ने अपेक्षा गरिएको छ ।

वास्तवमा अहिले सिङ्गो मानव जगत कोरोना भाइरस (कोभिड-१९) को महा बिपत्तिबाट अगाडि बढेको छ। यसलाई पहिलो र दोस्रो बिश्व जस्तै ठूलो बिपत्ति र मानव भक्षकको रूपमा हेरिएकोछ।चिनको गुहान प्रान्तबाट फैलिएको यस महा बिपत्तिका कारण बीसौं हजार मानव समुदायले मृत्युवरण गर्नुपरेको दु:खद अवस्था छ। सारा बिश्व बिश्व बन्धुत्वको भावनासाथ एक भएर यो महामारीको समूल अन्त्य गर्न एकमना एकताका साथ अगाडि बढ्नुपर्ने बेला अमेरिका लगायतका पश्चिमा मुलुकहरु यसलाई मजाक र हासोदिल्लकीको रूपमा खिल्ली उडाउदै सिङ्गै मानव समुदाय र मानवीय सम्वेदनाको उपहास गरिरहेको बेला अर्बौं जनसंख्या भएको महाशक्ति राष्ट्र जनवादी चिनका राष्ट्रपति सि जिन पिङ्ग आफू नै योजनाबद्दरुपमा यो मानवीय बिपत्तिको स्थायी समाधानका लागि सिङ्गो बिश्वलाई नै आश्चर्यचकित पार्ने गरी अगाडि बढेका छन् ,त्यो गुहान प्रान्त कोभिड-१९ बाट क्रमशः मुक्त हुँदै छ र त्यत्तिका ठूलो जनसंख्या भएको चिनले यो महाबिपत्तिमा असाधारण सफलता प्राप्त गर्दैछ र समग्र विश्व मानव समुदायको स्वास्थ्य रक्षाको महा अभियानको सारथी बन्दैछ।

चिनियाँ कम्युनिस्ट पार्टीको संविधानमा सीको नाम र विचारधारलाई समावेश गरिनुले उनलाई चीनका संस्थापक नेतासरहको हैसियतमा राखेको छ । यसअघि चीनका संस्थापक नेता माओत्से तुङ र आधुनिक चीनको नक्सा कोर्ने नेता देङ सियाओपिङको नाम मात्र संविधानमा समाहित गरिएको थियो । यसैबीच, राष्ट्रपतिको निश्चित कार्यकालको सीमाअवधि हटाइएपछि चिनियाँ राष्ट्रपति सी माओपछिकै शक्तिशाली चिनियाँ नेता भएको तर्क धेरैले गरेका छन् । तर, यस्तो तर्कमा सत्यता भए पनि सीले माओवादी सर्वसत्तावाद पुनर्जागृत गर्ने प्रयास गरिरहेका छन् भन्ने होइन । देङयताका नेतामध्ये विगतको माओवादप्रति सबैभन्दा सकारात्मक धारणा राख्ने नेताका रूपमा सी देखिए पनि उनी माओवादी भने होइनन् । सीको शासनको तौरतरिका माओपछिका चिनियाँ कम्युनिस्ट पार्टीको दोस्रो अध्यक्ष लिउ साओचीको झैँ देखिएको छ ।

लेनिनवादतर्फ समर्पित नेता साओचीले चिनियाँ विशेषतामा आधारित पार्टी–राज्य निर्माणका लागि कन्फुसियन विचारधारा अँगालेका थिए । लिउका लागि पार्टी अत्यन्तै महत्वपूर्ण थियो भने माओका लागि पार्टी आवश्यक थिएन, जस्तो कि सांस्कृतिक क्रान्तिले नै प्रमाणित गरिदियो । यसर्थ, माओले जस्तो अस्तव्यस्ततामा रमाउनुभन्दा पनि कम्युनिस्ट पार्टीमार्फत शक्ति तथा नियन्त्रणको इच्छा राखेका लिउको पथमा सी हिँड्न चाहन्छन् । यसरी, राजनीतिक, सैन्य, नागरिक तथा शैक्षिक क्षेत्रसम्बन्धी नीतिमा सी जिन पिङ विचारधारा लागू गरेर चीनको नेतृत्व गर्ने चाहना सीको छ ।

देङयताका नेतामध्ये विगतको माओवादप्रति सबैभन्दा सकारात्मक धारणा राख्ने नेताका रूपमा सी देखिए पनि उनी माओवादी भने होइनन्

देङ र सीबीचको नीतिमा पनि ठूलो भिन्नता देखिन्छ । देङका सुधार योजनालाई व्यवहारवाद तथा परीक्षणवादले परिभाषित गरेको थियो, जसको उद्देश्य आधुनिकीकरणको सबैभन्दा प्रभावकारी उपायको पहिचान गर्नु थियो । सन् १९८० को दशकमा देङले चिनियाँ कम्युनिस्ट पार्टीलाई राज्यबाट अलग्गै राख्न सकिने सम्भाव्यताबारे विचारसमेत गरेका थिए । यद्यपि, सन् १९८९ मा प्रजातन्त्र पक्षधर तिआनान्मेन स्क्वायर आन्दोलन भएपछि यस्तो विचारबाट उनी पछि हटेका थिए । जे होस्, देङ र उनी पछिका जिआङ जेमिन तथा हु जिन्ताओले पश्चिमा मुलुकप्रति चीनलाई निरन्तर खुला गर्दै गए भने केही उदारवादी विचारलाई उनीहरूले ठाउँ दिए । तर, सीको मामिलामा यस्तो देखिन्न । सीले प्रतिबद्धता जाहेर गरेको गहिरो सुधार योजनालाई जटिल ढंगबाट परिभाषित गरेका छन् ।

राजनीतिक परीक्षण तथा उदार मूल्य–मान्यताका लागि चीनमा कुनै ठाउँ नभएको ठम्याइ भएका सीले प्रजातान्त्रीकरण, नागरिक समाज र विश्वव्यापी मानवअधिकारलाई अभिशापका रूपमा लिएका छन् । उनको भ्रष्टाचार अभियानमार्फत कम्युनिस्ट पार्टीमाथिको पकड बलियो बनाउनु र कृत्रिम बैद्धिकता जडित अत्याधुनिक प्रविधिमार्फत आमजनमासनलाई नियन्त्रणमा राख्नु नै गहिरो सुधारजस्तो देखिएको छ । यस प्रकारको डिजिटल अधिनायकवादमार्फत प्रजातान्त्रिक चीनमा उदारवाद तथा प्रजातान्त्रिक विचार फैलिनबाट रोक्न वा चीनलाई बाँकी विश्वसँगको सम्पर्कबाट रोक्न सकिन्छ भन्ने विश्वास सीको छ । उपभोक्ता तथा लगनीकर्ताका रूपमा चिनियाँ नागरिकले स्वतन्त्रताको अभ्यास त गर्लान्, तर नागरिक समाज वा नागरिक बहसमा सहभागी हुने स्वतन्त्रता उनीहरूलाई छैन । यसर्थ, आफ्नो विचारधाराको मुख्य उद्देश्य ‘मेक चाइना ग्रेट अगेन’ हासिल गर्न अन्तर्राष्ट्रिय स्तरमा चीनलाई खुला गर्ने र राज्य नियन्त्रणबीचको तनावलाई व्यवस्थित गर्नु सीका लागि अपरिहार्य छ । अर्कोतर्फ, पार्टीकेन्द्रित राष्ट्रवादमार्फत चिनियाँ कम्युनिस्ट पार्टी र सी स्वयंको प्रभुत्वलाई चिनियाँ नागरिकले अँगाल्छन् भन्ने धारणा पनि उनमा देखिन्छ ।

चिनले यो महाबिपत्तिमा असाधारण सफलता प्राप्त गर्दैछ र समग्र विश्व मानव समुदायको स्वास्थ्य रक्षाको महा अभियानको सारथी बन्दैछ।

राजनीतिक परीक्षण तथा उदार मूल्य–मान्यताका लागि चीनमा कुनै ठाउँ नभएको ठम्याइ भएका सीले प्रजातान्त्रीकरण, नागरिक समाज र विश्वव्यापी मानवअधिकारलाई अभिशापका रूपमा लिएका छन्

यसैगरी, चीनलाई पुनः विशाल बनाउनुको अर्थ शक्ति र नेतृत्वलाई विश्व मञ्चमा प्रस्तुत गर्नु भन्ने बुझिन्छ । देङको शासनको दशकौँपछि चीनले आफ्नो शक्ति लगाएर मौकामा प्रयोग गर्नुपर्छ भन्ने धारणामा अहिले सीले विश्वास गरेका छन् । एकातर्फ, प्रविधिको क्षेत्रमा आफूलाई अब्बल साबित गरेर विश्वस्तरमा चीनको उपस्थितिलाई बलियो बनाउन सकिने अपेक्षा सीको छ । यसर्थ, प्रविधिको क्षेत्रमा कार्यरत देशका उत्कृष्ट व्यक्तिलाई राज्यले पूर्ण समर्थन र सहायता गरिरहेको छ । आफूले अघि सारेको ‘मेड इन चाइना २०२५’ रणनीतिलाई पूरा गर्न सीले प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छन् । यसैबीच, अमेरिकाले भने चीनले अस्वस्थ र अनुचित प्रतिस्पर्धा गरेको भन्दै चीनको आलोचना गरेको छ । यही सन्दर्भमा, चिनियाँ कम्पनी हुवावेलाई अमेरिकाले निशाना बनाएको घटनालाई संयोग मात्र भन्न सकिँदैन ।

वर्तमान विश्वमा भएका कुनै पनि प्रविधि कम्पनीले राज्यबाट नपाएको समर्थन र सहयोग हुवावे कम्पनीले चिनियाँ सरकारबाट पाएकाले अमेरिका आत्तिएको हो । क्यानडाले अमेरिकाको इसारामा हुवावे कम्पनीकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झोउलाई पक्राउ ग¥यो । उता, इरानमाथि अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धलाई हुवावेले उल्लंघन गरेको आरोपमा मेङलाई कारबाही चलाउन अमेरिकाले क्यानडासमक्ष अनुरोध ग¥यो । तर, क्यानडाको यस कदमलाई चीनले बदलाको भावनाले लियो र चीनको राष्ट्रिय सुरक्षाविरुद्धको क्रियाकलापमा संलग्न भएको आरोपमा दुईजना क्यानाडेली नागरिकलाई चीनले कारबाही चलायो ।

समग्र विकासक्रमलाई हेर्दा, सी जिन पिङ विचारधाराको उद्देश्य पश्चिमा शक्तिसँग शीतयुद्ध लड्नु वा चिनियाँ राजनीतिक मोडेल निर्यात गर्नु होइन । बरु, चिनियाँहरू उदारवादी प्रजातान्त्रिक विचारधाराबाट प्रभावित नहोऊन् भन्नका लागि उनी देशभित्रै पार्टी–राज्यभित्रको आफ्नो पकड बलियो बनाउन चाहन्छन् । त्यो पनि उनको आफ्नै प्रकारको अधिनायकवादमार्फत ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।