डेढ महिनाको सुविधा रकम कोरोना कोषलाई

गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले गण्डकी प्रदेश सरकारले हालै स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो महिनाको सुविधा बराबरको रकम प्रदान गर्ने भएका छन् ।

उनले शुक्रबार साँझ समाजिक सञ्जालमार्फत गण्डकी प्रदेशले सथापना गरेको सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । ‘कोरोना भाइरस बन्दुकको गोलि होइनन्m डराई हाल्नुपर्ने १होसियारी अपनाउनैपर्छ ।, लकडाउन पालना गरौ मैले दुई दिन अगाडी गरेको निर्णय प्रदेश सरकारलाइ पूर्ण सहयोग गर्न आफ्नो ४५ दिनको सुविधा दिने निर्णय गरेको छु, उनले भने ।

नेकपा कास्की अध्यक्षसमेत रहेका थापाले महामारीको समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न गण्डकी प्रदेश सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न क्षेत्रबाट सहयोगमा जुट्नको लागि आग्रह गरेका छन् ।