पेस्तोल पड्किँदा प्रहरीको मृत्यु

स्याङ्जाको हरिनासको इलाका प्रहरी कार्यालयका प्रहरी हवलदार रविन्द्र पौडेलको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

हतियार थन्काउने क्रममा अचानक पेस्तोल पड्किँदा घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले घाइते पौडेलको उपचारका क्रममा मणिपाल अस्पताल पोखरा ल्याएपछि मृत्यु भएको जानकारी दिए ।

पौडेल चिसापानी इलाका प्रहरी कार्यालयको चालक थिए । पेस्तोल कसरी पड्किएको हो भनी अनुसन्धान भइरहेको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।