Author Archive

ढिकुरपोखरीका बासिन्दालाई सकारात्मक सोच तथा क्षमता विकास तालिम

ढिकूरपोखरी समाज पोखराको आयोजनामा तथा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा ‘सकारात्मक सोच तथा क्षमता विकास’ विषयक कार्यक्रम भएको छ। कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सकारात्मक सोचले व्यक्तिको जीवनमा ऊर्जा सिर्जना गर्ने र यसले नै व्यक्तिलाई सफलतामा पु(याउने उल्लेख गरे । सकारात्मक सोचको अभावका कारण आजको समाज विभाजन, विखण्डन र कुलततर्फ आकर्षित भएको भन्दै उहाँले जीवनमा सकारात्मक सोच आवश्यक रहेकोमा जोड दिए । . ढिकूरपोखरी समाज पोखरा अध्यक्ष लक्ष्मी… पुरा पढौ

५३ वर्षमा कखरा सिकेको स्कुलमा गोमाले राखिन् अक्षयकोष

पढ्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरणीय बनेकी गोमा पराजुलीले आफू अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् । पोखरा १७, तल्लो विरुवा निवासी उनले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययनरत जेहेनदार एवं विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेकी हुन् । गोमा फाउन्डेसनकी अध्यक्षसमेत रहेकी पराजुलीले उक्त रकम बराबरको चेक विद्यालय व्यवस्थापन समिति सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु… पुरा पढौ

गीतः असार

कालो आकाश मिल्किएकोप्रकाश ज्वाला झिल्किएकोआँखा तिर्मिराउनेगड्याङगुडुङ आवाजचर्को ध्वनि कानै खानेमुटु हल्लाउनेतालु सुकाउनेहवाको बेग रुख उडाउनेमुसलधारे पानी आरी घोप्ट्याए जस्तोसुय्या सुय्या चिसो बतासअसारको महिना मन त्यसै हतासबाछिट्टा जस्तो जिन्दगीआम मान्छेबेचिएको बन्दकीगतिलो बीउ छैनबलियो जीउ छैनसघाउने कोइछैनसरकारको ह्याउ छैनयुवाहरू बाहिरबृद्धहरु भित्रबालबच्चा कसले हेर्नेयो देशको वृत्तचित्रयो असार साह्रो कसार । पुरा पढौ

रेन्बो एकेडेमिकका सुरजको ४ जिपिए, स्कुलले १ लाख दिने

पोखरा १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविका सुरज भुजेलले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चार जिपिए ल्याएका छन् । रेन्बोले सोमबार विद्यालयमा कार्यक्रम गरी एसइई उत्तीर्ण भुजेलसहितका ८९ विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले सुरजको सफलता गौरव गर्न लायक भएको बताए । विद्यालय व्यवस्थापन, शिक्षक तथा अभिभावकको निरन्तर प्रयास र समर्पणकै कारण उत्कृष्ट नतिजा प्राप्त हुने उनको भनाइ छ । प्रिन्सिपल बाबुराम बरालले भुजेलसहित… पुरा पढौ

कास्कीमा नेकपाको एकीकृत उत्पादन सुरु

नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नीति अनुसार कास्कीमा एकीकृत उत्पादन थालिएको छ । आज असार १५ गते अर्थात् धान दिवसको दिनबाट नेकपाको केन्द्रीय नीतिअनुसार कास्की जिल्लामा एकीकृत उत्पादन थालिएको हो । पोखरा ३२ राजा चौतारामा कास्की जिल्ला सेक्रेटरी उमेश सी, पोखरा महानगरपालिका सेक्रेटरी सोममाया सी र जिल्ला सदस्य मनमाया सीको खेतमा रोपाइँ गरिएको हो । रोपाइँमा नेकपा कास्की जिल्ला इन्चार्ज आस्था सी पनि सहभागी थिइन् ।… पुरा पढौ

नेपाल र सिंगापुरका डेन्टल हाइजिनिस्टबीच सहकार्य

नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन र ओरल हेल्थ थेरापिस्ट सिंगापुरबिच सहकार्य हुने भएको छ । दुवै संस्थाबिच पेशागत सहकार्य गर्ने समझदाीपत्रमा हस्ताक्षर भएको छ । इन्टरनेसनल ओरल हेल्थ कंग्रेस २०२५ को अवसर पारी सिंगापुरमा आयोजित समारोहमा समझदारी बनेको हो । कार्यक्रममा सहभागिता, प्राविधिक लगायतका क्षेत्रमा सहयोग, पेशागत सहयोग आदानप्रदान गर्ने लगायतका ८ बुँदा समझदारी पत्रमा रहेको सिंगापुरबाट डेन्टल साइन्स हाइजिनिस्ट एसोसियसनका केन्द्रीय सदस्य युवराज पौडेलले बताए । सम्झौतामा नेपाल डेन्टल… पुरा पढौ

अल्फा बाल क्लबमा बाल कवितासंग्रह ‘साइकल’को चर्चा

अल्फा एकेडेमी, कालिकाचोकमा रहेको अल्फा बाल क्लबले पुस्तक परिचर्चा कार्यक्रम आयोजना गरेको छ । क्लबले विद्यार्थीहरूमा पठन संस्कृति विकास गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरेको हो । क्लबको पहिलो पुस्तक परिचर्चा कार्यक्रमका रूपमा साहित्यकार सुरज उपाध्यायद्वारा लिखित ‘साइकल’ कविता संग्रहमाथि परिचर्चा गरियो । कार्यक्रममा कक्षा दशका छात्र विश्वास ढकाल, कक्षा दशकै छात्रा दिया बास्तोला र कक्षा आठका छात्र समीर सुनारले उक्त कविता संगञ्हमाथि आफ्ना पाठकीय प्रतिक्रिया प्रस्तुत गरे । उनीहरूले… पुरा पढौ

असार १५ : नेपाली संस्कृति र समृद्धिको साझा पर्व

हाम्रो देश चाड, पर्व, रितिरिवाज, मौलिकताको धानी हो । यहाँ हरेक खाने कुरादेखि लिएर पेशा व्यवसायसम्मका पर्व दिवस मनाइन्छ। खिर खाने, दही चिउरा खाने, खित्त्रो खाने, घ्यू चाकु खाने, नयाँ चामलको न्वागी खाने, सेल, मासु, कन्दमुल सखरखण्ड, पिँडालु, तरुल आदि खानलाई नै महत्व दिई पर्वहरु मनाइने गरिएको छ । पहिले पहिले भनेको बेला सबैको सबै कुरा खान पहुँच नहुने र सन्तुलित आहारलाई पनि यी चाड पर्वले ठूलो सहयोग पुर्‍याएको थियो… पुरा पढौ

‘चाइनेजो जीन्दगीमा’की गायिका सलिनाको नयाँ गीत सार्वजनिक

बहुचर्चित गीत "चाईने जो जिन्दगानीमा" पछि गायिका सलिना विकको नयाँ गीत "प्रतीक्षामै" म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गर्भ तुहिनु महिलाको आफ्नो दोष नभई उमेर, थाइराइड, पिसिओएस (PCOS), र वंशाणुगत जस्ता कारणले असर पार्न सक्छन् र यसको उपचार र उपाय सम्भव छ भन्ने सन्देश यस भिडियोमार्फत दिइएको छ। स्वास्थ्यकर्मी सीमा ज्ञवालीको शब्द तथा राजेशकुमार श्रेष्ठको संगीतमा रहेको 'प्रतीक्षामै' बोलको गीतलाई Zero Hours Digital Youtube Channel मार्फत सार्बजनिक गरिएको हो। महिलाको… पुरा पढौ

कविता: पछूताे

भएँ बृद्ध ऐले गयाे नौजवानीअवस्था गयाे व्यर्थ भाे जीन्दगानी,थिए अङ्ग प्रत्यङ्ग सारा सहारा,गएआज टाढा भएँ बेसहारा ।१ । गए कान आँखा झरे केश दाँतगले हात,गाेडा बढ्याे धेर शास,मिठाे हुन्न खाना ,चवाइन्न दाना,पचाइन्न पक्वान्न मिष्टान्न खाना।२ । न शिक्षा कमाएँ न ता थन कमाएँ,न ता गीत सङ्गीतमा नै रमाएँ,न ता ज्ञान विज्ञननमा नाम् कमाएँ,नखेती गरि धानकाे रास लाएँ ।३ । न निष्ठा र आचाचारले मन्त्र तन्त्र,पढी सिद्धिपाएँ न पाएँ सु यन्त्र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं