Author Archive

पिसिएममा रोजगार तथा इन्टर्नसिप मेला

पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) द्वारा वार्षिक कार्यतालिका अनुरूप सञ्चालन गरिएको १ साता लामो कार्यक्रम अन्तर्गत पिसीएममा रोजगार तथा इन्टर्नसिप मेला सकिएको छ । मेलामा बैंक, उत्पादन, सूचना तथा प्रविधि, व्यापार जस्ता विभिन्न क्षेत्रका २० प्रतिष्ठित संस्थाको सहभागिता रहेको थियो । बिबिए र बिसिएसआइटी अध्ययनरत करिब २ सय विद्यार्थीले मेला अवलोकन गरे । मेलाका प्रमुख आकर्षणमा सिभी प्रस्तुति, अन्तर्वार्ता, करियर परामर्स लगायत छन् । कलेज प्रमुख लीना… पुरा पढौ

पोखरा २६ का तीनै ताल अव्यवस्थित

पोखरा महानगरपालिका वडा नम्बर २६ मा तीन ताल छन् । यसअघि सहकारीमार्फत् व्यावसायिक रुपमा माछापालन हुँदै आएकोमा अहिले तीनै ताल अस्तव्यस्त छन् । केही समयदेखि पोखरा महानगरपालिका वडा नम्बर २६ को कार्यालयले मत्स्यपालन सहकारीहरुलाई तालमा माछापालन गर्न रोक लगाएको छ । वडा कार्यालयले वैकल्पिक व्यवस्था वा महानगरले नै व्यवस्थापन गर्ने संयन्त्र तयार नगरी सहकारीलाई रोक्दा अनेक खालका अप्ठेरा आइपरेको सरोकारवालाहरु बताउँछन् । पछिल्लो समय दिनमा सयौं मानिस तालमा माछा मार्न… पुरा पढौ

प्रतिवेदन लेखनमा रेन्बोकी स्वीकृति प्रथम

रेन्बो एकेडेमिक होम्सकी छात्रा स्वीकृति भण्डारी सामाजिक अध्ययन मञ्च कास्कीको आयोजनामा भएको क्षेत्र भ्रमण तथा अवलोकनमा आधारित प्रतिवेदन लेखन प्रतियोगितामा रेन्बो एकेडेमिक होम्सकी स्वीकृति भण्डारी प्रथम भएकी छन् । शुक्रबार भएको प्रतियोगितामा शान्ति निकेतन माविकी सुजिता क्षेत्री दोस्रो र बाल प्रभात माविकी उत्सवी सुवेदी तेस्रो ठहरिए । सैनिक आवाशीय माविकी अदिती ढकाल, ओखलेडाँडा माविकी अनुषा नेपाली र कास्की मोर्डनाइज्ड एकेडेमीकी श्रीसा रानाभाट सान्त्वना भएको कार्यक्रम संयोजक नारायणी शर्मा गौतमले जानकारी… पुरा पढौ

हरियोखर्कमा जलन युनिट, गुनासा सम्बोधन गर्न र्‍यापिड रेस्पोन्स टिम (बजेटको पूर्णपाठसहित)

पोखराले आइतबार आठ अर्ब ३५ करोड १२ को बजेट ल्याएको छ। आइतबार सुरु भएको १७ औँ नगरसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट पेस गर्नुभएको हो। बजेटमा सङ्घीय सर्शत अनुदान तीन अर्ब १३ करोड, सङ्घीय राजस्व बाँडफाट ३३ करोड आठ लाख, सङ्घीय समानीकरण अनुदान ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख प्राप्त हुने अनुमान छ। आगामी वर्ष आन्तरिक आय पाँच अर्ब २२… पुरा पढौ

शतायु यात्रामा जेपी क्रस

ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णेल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो । कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो । ब्रिटिश गोर्खाज नेपालका… पुरा पढौ

समाजवाद लक्षित कविता सुनाइए

अखिल नेपाल लेखक संघद्वारा आयोजित कविता वाचन श्रृंखला “निरन्तरतामा समय प्रवाह” को दोस्रो कडी “समाजवाद र कविता, कविताको आरन” शीर्षकमा काठमाडौंको बागबजारमा एक विशेष कविता वाचन भएको छ। कार्यक्रममा कविता र समाजवादबीचको गहिरो सम्बन्धलाई उजागर गर्दै, कवितालाई सामाजिक रूपान्तरणको शक्तिशाली माध्यमका रूपमा प्रस्तुत गरिएको थियो। देशका विभिन्न भूभागबाट आएका ख्यातिप्राप्त तथा नवोदित १० जना कविहरूले कार्यक्रममा कविता वाचन गरेका थिए। सहभागी कविहरुमा तेज योन्जन, सुमिना, भूमिका थारु, अस्मिता वादी, मिथोच… पुरा पढौ

शब्दखेलमा बेसलाइन पहिलो, रेन्बो दोस्रो

प्याब्सन कास्कीले आयोजना गरेको दुई दिवसीय आधारभूत तह ९१–५० स्तरीय नेपाली शब्दखेल प्रतियोगिता शुक्रबार भएको छ । प्रतियोगितामा बेसलाइन एकेडेमी प्रथम, रेन्बो एकेडेमिक होम्स् द्वितीय, करुणानिधि एजुकेसन फाउन्डेसन ९केफ० माध्यमिक विद्यालय तृतीय, सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालय चतुर्थ, प्रतिभा माध्यमिक विद्यालय र ज्ञानगंगा विद्यापीठ सान्त्वना बने । प्रतियोगितामा प्याब्सन कास्कीसँग आबद्ध ७० सदस्य विद्यालय सहभागी छन् । प्रतियोगिताको निर्णायक संयोजकमा नेपाली भाषा शिक्षक परिषद कास्की अध्यक्ष सूर्यप्रसाद लम्साल र निर्णायकमा विक्रम… पुरा पढौ

१ करोड ३० लाखका गहनासहित २ पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले सवा करोडका गरगहनासहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । पोखराबाट बुटबलतर्फ जाँदै गरेको माइक्रोबस चेकजाँच गर्ने क्रममा पोखरा–२२, पुम्दीभुम्दीबाट कुलदीप सिंह र रामबहादुर विकलाई नियन्त्रणमा लिइएको हो । भारतको पञ्जावका ४९ वर्षीय सिंह र रुपन्देहीका ४७ वर्षीय विकको फेसबुकमार्फत् चिनजान भएको थियो । सिंह र विक दुवैलाई शनिबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबारको बजार मूल्य अनुसार सुनसहितका पत्थरको मूल्य एक करोड… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरे । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँबरले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त… पुरा पढौ

विनयी खोलामा आएको बाढीले बस बगायो

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई बिहीबार राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिनुभयो । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उहाँले बताउनुभयो । “नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो”, प्रहरी निरीक्षक तिमिल्सेनाले भन्नुभयो– “तत्काल एक्साभेटर लगेर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं