Author Archive

कथा: साहित्य औषधि

घरको अवस्था अनुकूल थिएन । आर्थिक रूपमा पनि । मेरो व्यक्तिगत अवस्था स्वरूपमा पनि । श्रीमती सुशीला कान्छो छोरा लिएर स्याङ्जा थिइन् । घरमा जेठो छोरो अमृत थियो । मलाई कानूनमा स्नातक पास गर्छु जस्तो लाग्थेन । त्यसताका भेडा च्याङ्ग्रा व्यापार गर्दथेँ । असोजदेखि चैत्रसम्म मैले नौ लट भेडा च्याङ्ग्रा जोमसोमबाट पोखरा लिएर आएँ । साँवा, नाफा सबै पाटनरले खाइदिए । बी.एल. तेस्रो वर्षको फर्म खुल्यो । परीक्षा दिने निधो… पुरा पढौ

केयर गिभर तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

युआरएल हेल्थ केयर प्रालिले सञ्चालन गरेको केयर गिभर तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । पोखरा १२, हस्पिटल चोकमा रहेको प्रालिको पहिलो ब्याचको केयर गिभर तालिममा सहभागी भई तालिम पूरा गरेका १० प्रशिक्षार्थीलाई एक समारोह आयोजना गरी प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान गण्डकी प्रदेशका निर्देशक कल्पकुमार बस्नेतले गुणस्तरीय तालिम सञ्चालन गरी विश्व बजारमा बिक्ने र दक्ष जनशक्ति तयार गर्न आग्रह गरे । कार्यक्रममा… पुरा पढौ

मिलिजुली टोलमा देवीरामको नेतृत्व

मिलिजुली टोल विकास संस्था पोखरा २९, खल्याडले शनिबार आठौं साधारणसभा तथा चौथो अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्षमा सुवेदार देवीराम थापा, उपाध्यक्ष सीता आले, सचिव टेकबहादुर थापा, सहसचिव नारायण केसी कोषाध्यक्ष धोजबहादुर गुरुङ र सहकोषाध्यक्षमा कुमार पुन चुनिए । सदस्यमा सरिता परियार, ज्योति श्रेष्ठ, केपी पौडेल, नरबहादुर थापा र क्याप्टेन मोहनीलाल थापा निर्वाचित भए । कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले टोल समाजमा भएका समस्याको सम्बोधन गर्दै विकास, निर्माण… पुरा पढौ

नवौं वार्षिकोत्सव मनाउँदै गल्कोट समाज युके

गल्कोट समाज यूकेको स्थापना भएको नवौं वर्ष प्रवेश गरेको अवसरमा समाजले एक विशेष सांस्कृतिक समारोह आयोजना गर्ने भएको छ। बेलायतमा बसोबास गर्ने नेपालीलाई यस समारोहमा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन समाजले आग्रह गरेको छ । २८ जुलाई २०२५ का दिन वेस्ट ब्रोमविचस्थित The Conference Suite, 10 - 24 Thomas Street, West Bromwich, B70 6LY मा कार्यक्रम आयोजना हुनेछ। दिउँसो ४ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाल… पुरा पढौ

कुमार खड्का, कृष्ण केसीसहित २३ लाई कांग्रेसको कारवाही

नेपाली कांग्रेसले २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने २३ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । २३ जनामध्ये ५ जनालाई एक वर्ष, १७ जनालाई ६ महिना र एक जनालाई ३ महिना साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको कांग्रेसका अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् । कारबाही गरिएकामध्ये प्रदेश महामन्त्री, जिल्ला… पुरा पढौ

भौतिक पूर्वाधार मन्त्रालय गण्डकीका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार पौडेलले ९ करोड ६६ लाख रुपैयाँभन्दा बढी कमाई गरेका भए पनि ३ करोड ३९ लाख रुपैयाँको मात्र स्रोत देखाउन सकेका छैनन्। बाँकी ६ करोड २६ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको हो। गैरकानुनी सम्पत्ति श्रीमती हुमाकुमारी उपाध्यायको नाममा राखेको पाइएकोले… पुरा पढौ

सिर्जनामा वर्गीय चेतनामा जोड

अखिल नेपाल लेखक संघ गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा काव्य गोष्ठी भएको छ । गोष्ठीमा लेखक संघ केन्द्रीय उपाध्यक्ष नारायण मरासिनी, लेखक संघ केन्द्रीय सदस्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य त्रैलोक्यमान बनेपाली (अगिब), नेकपा माओवादी गण्डकी प्रदेश कोषाध्यक्ष ताराप्रसाद भुसाल, जनसांस्कृतिक महासंघ गण्डकी इन्चार्ज मणिचन्द्र कँडेल ‘गोविन्द’ लगायतले प्रगतिवादी लेखन क्षेत्रको कालक्रमिक विकास र देखापरेका समस्या एवम् चुनौतीबारे बोलेका थिए । उनीहरुले प्रगतिवादी लेखकका सिर्जनामा वर्ग सचेतताका… पुरा पढौ

रक्तदान जीवन बचाउने चक्र होः मन्त्री केसी

नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाले शनिबार खुला रक्तदान कार्यक्रम गरेको छ । मार्गदर्शन एकेडेमी पोखरा ११ को व्यवस्थापनमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । कार्यक्रमम गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले रक्तदान मानवको जीवन जोगाउने महान काम भएको बताए । मानिसले दान गरेको १ युनिट रगतले दुर्घटनामा परेका, उपचारका लागि रगत चाहिने वा जटिल रोगसँग जुधिरहेका व्यक्तिको जीवन जोगाउन सहयोग पुग्ने… पुरा पढौ

१३३ जनाको दाँत जाँच

लायन्स क्लब अफ पोखरा युनिटी चौतारी र पोखरा डाइनामिकको संयुक्त आयोजना तथा कास्की डेन्टल प्रालिको प्राविधिक सहयोगमा निशुल्क दन्त परीक्षण गरिएको छ । शनिबार भएको कार्यक्रमा एक सय ३३ जनाको सित्तैमा दाँत जाँच गरिएको हो । शनिबार जाँच गराउने सबै बिरामीले कास्की डेन्टमा हुने उपचारमा २० प्रतिशत छुटसमेत पाउने भएका छन् । डा रोजिना जोशी लगायतको टिमले दन्त परीक्षण गरेको थियो । कार्यक्रममा डिस्ट्रिक्ट चिफ एड्भाइजर वसन्त गिरीले मानवसेवामा लाग्नुपर्ने… पुरा पढौ

वर्षमा ८ सय जनालाई सीपमूलक तालिम

गण्डकी प्रदेश सरकारले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम प्रभावकारी बनेको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले चालु आर्थिक वर्षमा सात सय ८७ जनालाई विभिन्न खालका सीपमूलक तालिम दिएको छ । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले यो वर्ष ३८ वटा तालिम सञ्चालन गरेको छ । पछिल्लो ३ महिनामा भएका १० तालिममा सहभागी दुई सय चार जनालाई बिहीबार प्रमाणपत्र वितरण गरियो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं