Author Archive

श्रमिक समुदाय मोर्चा कास्कीमा अमृत

नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन श्रमिक समुदाय मोर्चा नेपाल कास्की जिल्लाको तेस्रो जिल्ला भेलाले अमृत सीको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ । कार्यक्रममा नेकपा कास्की इन्चार्ज आस्था सीले एकीकृत जनक्रान्तिमार्फत् नेपालमा साम्यवादसम्मको यात्रा सफल हुन सक्ने बताइन् । नेकपा कास्की सेक्रेटरी उमेश सीले श्रमिक समुदायको उत्थान, सशक्तीकरणसँगै जनताको अधिकार र अग्रगामी परिवर्तनका लागि मोर्चाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवसमेत रहेका… पुरा पढौ

सुक्खा आँखाको समस्या बढ्दो, कसरी समस्या कम गर्ने ?

तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन बढ्दै गएको बताउनुभएको छ । आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो महसुस हुने समस्या भोग्नुभएको छभने सुक्खा आँखाको समस्या हुनसक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । उहाँका अनुसार सुक्खा आँखा भन्नाले आँखामा आँसुको मात्रा पर्याप्त नहुनु वा भएको आँसु छिटो… पुरा पढौ

गणित शिक्षा परिषदमा खगेन्द्रराजको नेतृत्व

गणित शिक्षा परिषद कास्कीको सातौँ जिल्ला अधिवेशन आइतबार आगामी ३ वर्षे कार्यकालका लागि खगेन्द्रराज बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरी सम्पन्न भयो । एस ओ एस हरमन माइनर गण्डकीको व्यवस्थापनमा भएको अधिवेशनबाट उपाध्यक्ष भूमिराज अधिकारी, सचिव ध्रुवराज पौड्याल, सहसचिव महेन्द्र पौडेल, कोषाध्यक्ष यादबहादुर अधिकारी र सहकोषाध्यक्षमा हरिकृष्ण पोखरेल चुनिए । नयाँ समितिका सदस्यमा ईन्द्रप्रसाद तिम्सेना, वसन्तराज सापकोटा, जयराम पौडेल, कलादेवी बराल, इन्दिरा अधिकारी, कृष्णप्रसाद चापागाईँ र विश्वप्रकाश सुवेदी छन् ।… पुरा पढौ

गण्डकीमा ६ सयलाई डेंगी, आधा संक्रमित पोखराका

गण्डकी प्रदेशमा गत पुसयता ६ सय ९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा १ सय ६९ जनामा डेंगी संक्रमण देखिएकोमा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३ सय ७, तनहुँमा १ सय १, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत… पुरा पढौ

ट्रायम्प राइडबाट पोखरा–सौराहा यात्रा

बेलायतको सबैभन्दा ठूलो र लोकप्रिय मोटरसाइकल ट्रायम्प छोटो समयमै नेपाली युवाको समेत रोजाइमा परेको छ । ११ महिनाअघि नेपाल भित्रिएको ट्रायम्प मोटरसाइकलको आधिकारिक वितरक पश्चिम क्षेत्रका लागि इच्छाशक्ति अटोमोबाइल्स प्रालि अन्तगर्तको ट्रायम्प पोखरा हो । ट्रायम्पका विशेषताबारे नेपाली राइडरलाई जानकारी दिन केही दिनअघि पोखरादेखि चितवनको सौराहासम्म ट्रायम्प लिगेसी राइड आयोजना गरियो । तीन दिने राइडमा ३५ जना ट्रायम्प राइडर सहभागी थिए । पोखराको नयाँबजार स्थित ट्रायम्प सोरूमबाट सुरु भएको यात्रामा… पुरा पढौ

जेब्रा झोलाभित्र नवजात शिशुको शवः बाबु पक्राउ

पोखरा महानगरपालिका वडा नं १४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा फेला परेको नवजात शिशुको शव प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २०८१ असोज १३ गते साँझ करिब सवा ५ बजे जेब्रा झोलाभित्र फलाटिनको कपडाले बेरी, रातो, गुलाबी रंगको ब्लाङ्केटले ढाकिएको अवस्थामा नवजात छोरा शिशुको शव फेला परेको थियो। सूचना प्राप्त भएपछि तत्कालै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा… पुरा पढौ

कास्कीमा नेकपा र कार्यकर्तासमेत उत्पादन अभियानमा

नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय नीति अनुरुप कास्कीमा पार्टीसहित नेता, कार्यकर्ताले उत्पादन अभियान थालेका छन् । नेकपा कास्कीले पोखरा–३०, शिशुवामा ७ रोपनी जमिन भाडामा लिएर पोखरेली जेठोबुढो रोपेको छ । यहाँ असार २५ गते रोपाइँ भएको हो । पोखरा १४ को छिनेडाँडामा दुई रोपनीमा असार ३० गते धान रोपिएको छ । यसरी नेकपा कास्कीले यसपालि ९ रोपनीमा धानखेती गरेको हो । नेकपा कास्की सेक्रेटरी उमेश… पुरा पढौ

कक्षाकोठामै झुन्डिइन् शिक्षिका, ऋणको चुंगलमा थिइन्

धनुषाको मिथिला नगरपालिका–८ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत शिक्षिका कक्षाकोठामै झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर साउन १ गते बिहान विद्यालयको बाल विकास कक्षामा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरी अनुसन्धान अनुसार उनी जनकपुरधाम–९ का मिटरब्याजी राजकिशोर यादवसँग लिएको ऋणको मानसिक तनावमा थिइन्। उनले यादवसँग ३ लाख २० हजार ऋण लिएको र तिरेको भए पनि यादवले खाली चेकमा ४५ लाख माग गर्दै बारम्बार… पुरा पढौ

विवाह अस्वीकार गरेपछि प्रेमिकाको हत्या, अभियुक्त पक्राउ

काभ्रेपलाञ्चोक, ५ साउन – विवाह प्रस्ताव अस्वीकार गरेपछि काभ्रेपलाञ्चोकमा एक युवतीको हत्या गरिएको छ। रामेछाप मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनारले प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार पत्रकार सम्मेलन गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो। काभ्रेको चौरीदेउराली गाउँपालिका–१ की स्थायी बासिन्दा र हाल बनेपा नगरपालिका–९ नयाँबस्ती बस्दै आएकी ३३ वर्षीया शर्मिलासँग सन्तोष दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। प्रहरीका अनुसार सन्तोषले पटकपटक विवाह प्रस्ताव… पुरा पढौ

राष्ट्रपतिले रोके संवैधानिक परिषद्सम्बन्धी विधेयक

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल Right Honourable President Mr. Ramchandra Paudel Official Photo
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी संशोधित विधेयक प्रमाणीकरण नगरी कानुनी परामर्शका लागि रोकेका छन्। संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको यो विधेयक ३२ असारमा राष्ट्रपति समक्ष पुगेको थियो। विधेयकमा परिषद्का ६ सदस्यमध्ये अध्यक्षसहित दुई जनाले मात्र संवैधानिक नियुक्तिको निर्णय लिन सक्ने प्रावधान राखिएको छ। यसले संविधानको शक्ति सन्तुलनको सिद्धान्तविपरीत भएको राष्ट्रपतिको बुझाइ छ। राष्ट्रपतिले यस विषयमा संविधानविद्हरूसँग परामर्श गरिरहेका छन्। संविधानको धारा ११३ अनुसार, विधेयक राष्ट्रपतिकोमा पुगेपछि १५ दिनभित्र प्रमाणीकरण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं