Author Archive

आँँखा अस्पताल युनियनमा गोविन्द

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा १७ घारीपाटन कास्कीको आठौं अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष गोविन्दनाथ योगीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा शकुन्तला श्रेष्ठ, सचिव अनिलकुमार सिंह, सहसचिव कल्पना आचार्य र कोषाध्यक्षमा पुण्यप्रताप शाह छन् । युनियनका सदस्यमा सन्तोष बराल, शान्ति चौधरी, चित्रा उप्रेती, वसन्ती भुजेल, तेजबहादुर गुरुङ र दीप गुरुङ छन् । कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष उमेश… पुरा पढौ

नेकपा कास्कीले सम्झियो माओ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले बिहीबार १ सय ३२ औं माओ दिवस मनाएको छ । सो अवसरमा नेकपा कास्कीले उत्पादन अभियानमा योगदान गर्ने नेता, कार्यकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रममा नेकपा कास्की इन्चार्ज आस्था सिले माओत्से तुङले जनवादी क्रान्ति सम्पन्न गर्न चीनमा चलाएको अभियानमाथि प्रकाश पारिन् । उनले नेपाली समाजका समस्याहरु पहिचान गर्दै एकीकृत जनक्रान्तिबाट मात्रै देशको समृद्धि सम्भव हुनेमा जोड दिइन् । नेकपा कास्की सेक्रेटरी… पुरा पढौ

सक्षम बचत तथा ऋण सहकारीमा नया नेत्तृत्व

सक्षम बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा तथा छैटौं अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले आगामी तीन बर्षै कार्यकालका लागी अर्जुनप्रसाद नागिलाको अध्यक्षतामा नया संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिष्णुदेबी पराजुली सचिवमा केसब गिरी र कोषध्यक्षमा चित्र बहादुर श्रेष्ठ चयन भएका छन् । साथै संचालक समिति सदश्यहरुमा चिज कुमार जोसी, जिवन ध्वजु, भरत नागिला, शान्ति लक्ष्मी पराजुली र सृजना भुर्तैल निर्वाचित भएका छन् ।… पुरा पढौ

गुप्तेश्वर क्याम्पस-भोपाल स्कूल अफ सोसल साइन्स क्याम्पसबिच सहकार्य

पोखरा–१७ मा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र भोपाल स्कूल अफ सोसल साइन्स, मध्ये प्रदेश भारत विच मङ्गलबार सहकार्यका लागि सम्झौता भएको छ ।क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष श्री युवराज लामिछाने (युवक) को प्रमुख आतिथ्यता भएको कार्यक्रममा उहाँले दुवै संस्थाको सहकार्यले अनुभव आदनप्रदान हुँदा कार्यमा निखार आउने कुरा राख्नु भएको थियो । गुणस्तरीय शिक्षाको लागि यो सहकार्य उपयुक्त रहेको बताउनु भएको थियो । दुवै शैक्षिक संस्था विच अनुन्धान कार्य, शैक्षिक गतिविधि… पुरा पढौ

ऋण तीर्न ४ अर्ब, विकास बजेट साढे ३ खर्ब

सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब रू २५ खर्ब हाराहारी छ । “चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ… पुरा पढौ

संविधान संशोधन गर्न कार्यदल चाँडै बनाउँछौँः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताउनुभएको छ । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उहाँले बताउनुभयो । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताउनुभयो । संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उहाँले जानकारी दिनुभयो । “पहिला हामी छलफल… पुरा पढौ

कास्कीमा ह्योल्मो भाषा प्रशिक्षण सुरु

नेपाल ह्योल्मो समाज सेवा समिति पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा प्रशिक्षण कक्षा सुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भएको प्रशिक्षणमा कास्कीका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मोहरु सहभागी छन् । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले प्रशिक्षण सुरुआत गरे । उनले नेपाल बहुभाषिक, बहुजातीय मुलुक भएको उल्लेख गर्दै मुलुकको विविधतालाई बचाउन विभिन्न समुदायमा सदियौँदेखि प्रचलनमा रहिआएका भेसभुषा, कला, संस्कृति तथा भाषा… पुरा पढौ

सहकारी ठगी आरोपमा अभिमन्यु र कमल पक्राउ

प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखरा २३, कार्कीको तहरामा रहेको यो सहकारीमा करिब तीन करोड अपचलन भएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले सहकारीका अध्यक्ष धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ घर भई पोखरा–८, नयाँबजार बस्ने वर्ष ३३ का विक्रम पाण्डे(अभिमन्यु) र सोही सहकारीका सचिव पोखरा–३१, बेगनास घर भएका वर्ष ३४ का कमल सुवेदी आइतबार पक्राउ गरेको… पुरा पढौ

रवि लामिछानेको सांसद पद निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो । महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, “प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक ऐन बमोजिम थुनामा रहेकोमा थुनामा रहेको अवधिभर सो मुद्दाको किनारा नलागेसम्म निलम्बन भएको मानिनेछ ।” लामिछानेविरुद्ध आइतवार मात्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले… पुरा पढौ

सूर्यदर्शन सहकारीः आजबाट बयान र थुनछेक

जिल्ला अदालत कास्कीमा सोमबारबाट पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादीको बयान र थुनछेक बहस सुरु हुँदै छ । आइतबार ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दर्ता गराएको थियो । आइतबार कार्यालय समय अभियोगपत्र दर्ता गर्दै सकिएपछि सोमबारबाट बयान हुनेछ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले म्यानुअल्ली र सिस्टम दुवैमा अभियोगपत्र दर्ता गर्दा आइतबार कार्यालय समय सकिएकाले सोमबारबाट बयान सुरु हुने बताउनुभयो । “मिसिल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं