Author Archive

कविताः तिमीसँग छुटेदेखि

ठेस लाग्यो धेरै पटकनभएपछि त सुनिदिने कोहीनफुत्किने रहेछ मुखबाट ऐया ..! पनि बनाउन सिकाए फलामजस्तो मुटुबाटा भरिका घन र हथौडाजस्ता सम्बन्धलेपटकपटक बजाइरहे प्रेसरकुकरको सिठ्ठी मलाई गलाउनतर दह्रो बनाउन खोज्दाखोज्दै मनका खुट्टाकति पटक चिप्लिए तिमीलाई सुनाउनै पाइनँ । आफैँभित्र गुडिरहें मजमिनभित्र गुड्ने मेट्रो जसरीजानेर -नजानेररहरले- कहरलेमैले धेरैपटक नाघिदिएँ संस्कारका लक्ष्मणरेखामेरा भोगाइका असंख्य पूर्णाङ्कहरूसुनाउनै पाइनँ सुस्केरांश तिमीलाई आकाशबेलीझैँ लहरो बनेर जेलिन आउनेलेहर्लक्कै सपारेर ल्याए समस्याका मुनाहरूफिँजाइदिए खुर्सानीको धुवाँमेरै आँखाका बाटाहरूमाकसलाई सुनाउँ झिरको… पुरा पढौ

कक्षा ८ काे परीक्षामा होम सेन्टर हटाइयो

पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो ।  शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने… पुरा पढौ

कास्की कारागारका कैदीबन्दीको सित्तैमा जाँच र औषधी

कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा… पुरा पढौ

एआईको प्रयोगद्वारा जीवनको खोज

नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो अन्तरिक्ष यान छ वर्षपछि, अप्रिल २०३० मा १.८ अर्ब माइल (२.९ अर्ब किलोमिटर) यात्रा गरेर जुपिटरमा पुग्नेछ ।… पुरा पढौ

लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ देखि माघ १ गतेसम्म आयोजना गर्ने २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ हुने महोत्सवको ९५ प्रतिशत तयारी सकिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठल २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु भएको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ देखि वार्षिक… पुरा पढौ

पोखरा २८ मा पुस २७ गते बृहत आयुर्वेद स्वास्थ्य शिविर

पोखरा महानगरपालिका वडा नम्बर २८ मा पुस २७ गते बृहत आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ । गण्डकी आयुर्वेद अस्पताल पोखरा २६ ले पोखरा महानगरपालिका वडा नम्बर २८ को समन्वयमा कालिकास्थानमा शिविर गर्न लागेको हो । अस्पतालका प्रमुख डा शंकर गौतमले अन्तरंग सेवा सुरुआतअघि पूर्वतयारीका रुपमा केही स्थानमा शिविरहरु गर्न लागिएको बताए । निशुल्क हुने शिविरमा पेटका समस्या र जोर्नीसम्बन्धी समस्याको आयुर्वेद चिकित्सकबाट जाँचसहित औषधीसमेत प्रदान गरिनेछ । ‘अहिलेसम्म बहिरंग… पुरा पढौ

कास्की कारागारमा निशुल्क शिविर

कारागार कार्यालय कास्कीमा शनिबार कैदी, बन्दीहरुको सित्तैमा सुगर, युरिक, एसिड थाइराइड जाँच गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा शिविर भएको हो । शनिबार भएको शिविरमा २ सय ६० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । ती परीक्षणको रिपोर्ट आगामी बुधबार वितरण गरिने युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थले जानकारी दिए । ‘आज रगत परीक्षणका लागि स्याम्पल लिइएकाहरुको रिपोर्टसहित विशेषज्ञबाट परामर्श बुधबार दिइनेछ,’ पन्तले भने,… पुरा पढौ

मानवसेवा आश्रममा एसपी ओलियाको भोजनदान

मानवसेवा आश्रम पोखरा हेमजामा आश्रितहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले भोजनदान गरेका छन् । मानवसेवा आश्रम शाखा हेमजामा १ सय ५० जनालाई बिहीबारको दिउँसो पुगी ओलियाले खानाको व्यवस्था गरेका हुन् । मानव सेवाको भावले आश्रितहरुलाई सहयोग गर्न आश्रम पुगेको ओलियाले बताए । मानवसेवा आश्रमका कास्की जिल्ला संयोजक सदिस पुनले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न लागिपरेको जनाए । उनले विभिन्न तहका… पुरा पढौ

सहकारीबाट समाजवाद उन्मुख अर्थतन्त्र सम्भवः सभामुख धिताल

गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले कृषि सहकारी सस्था नेपालको विकासको मोडल हुन सक्ने भएकाले कृषि सहकारीहरुलाई चलायमान बनाउन सके आर्थिक बिकासले फड्को मार्ने बताउनु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका मनकामनामा संचालित साना किसान कृषि सहकारी संस्थाको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले लामो समय देखी कृषि क्षेत्रको विकासमा निरन्तर लागिरहेको उक्त सहकारीको उज्वल भबिष्यको कामना समेत गर्नुभयो । सहकारीलाई राम्रो ढंगबाट संचालन गर्न सके समाजवाद… पुरा पढौ

दुर्गालाई ईन्द्रा स्मृति पुरस्कार

साहित्यकार एवं अधिकारकर्मी दुर्गा न्यौपाने ईन्द्रा स्मृति नारी मिलन पुरस्कारबाट सम्मानित भएकी छन् । मानव मिलन जारी जागरण नेपालले बिहीबार आयोजना गरेको कार्यक्रममा न्यौपानेलाई नगद १० हजार ५ सय ५५ सहित राजयोगिनी ब्रह्मकुमारी प्रनिताले सम्मान गरिन् । गीता अध्ययन प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी न्यौपाने मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीकी संस्थापक अध्यक्षसमेत हुन् । उनलाई एकल महिलाको अधिकारका लागि संस्थागत प्रयासमा गरेको योगदानस्वरुप सम्मान गरिएको हो । सम्मानित व्यक्तित्व… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं