Author Archive

कोकोम्हेन्दो पुस्तकालयलाई किताब हस्तान्तरण

तामाङ बौद्ध सेवा समिति, संगमटोल १३ पोखराको माताहातमा रहेको कोकम्हेन्दो पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । शनिबार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले विभिन्न दाताहरुबाट संकलित पुस्तक पुस्तकालयका संयोजक दिपक बाईवा तामाङलाई हस्तान्तरण गरेका थिए । गुरुङले पुस्तकालय प्रतिष्ठानको कार्यक्षेत्र भित्र पर्ने भएकाले सक्दो सहयोग गर्ने बताए । पछिल्लो समय युवा पुस्ता आफ्नो भाषा, संस्कार संस्कृति र परम्पराबारे अध्ययनm अनुसन्धानमा अत्यन्तै कम रुचि बरु मोबाइल फोन र अन्य ग्याजेटको दुरुपयोगले… पुरा पढौ

माक्र्सवादी अध्ययन स्रोत केन्द्रमा झलकपाणि

माक्र्सवादी अध्ययन स्रोत केन्द्र पोखरा नेपालको भेलाले झलकपाणि तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । केन्द्रको उपाध्यक्षमा दुर्गादत्त भण्डारी, सचिव डिल्लीराज ढुंगाना, सहसचिव दुर्गा भुजेल र कोषाध्यक्षमा कल्पना चिलुवाल छन् । संस्थाका सदस्यमा रवीन्द्र घिमिरे, राजेन्द्र पौडेल, परशुराम कोइराला, आरती अधिकारी र सीता नेपाली छन् । सल्लाहकारमा रामराज रेग्मी, हरि अधिकारी, तारा बराल, सावित्रा दुरा र नारायण अधिकारी छन् । संस्था अध्यक्ष रामराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र अनुशासन… पुरा पढौ

मणिपालमा उपचार गर्दा पोखरा १२ का बासिन्दालाई छुट

पोखरा महानगरपालिका १२ का बासिन्दाले पोखराको मणिपाल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन । वडा कार्यालय र हस्पिटलबिच आईतबार भएको सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने विभिन्न शीर्षकको सेवामा विशेष छुट दिइने भएको हो । पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोला र मणिपाल शिक्षण अस्पतालका सिईओ अनिल ओडूविलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा वडावासीका लागि ओपिडी दर्तामा १०० प्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५… पुरा पढौ

पोखरा १७ को हाजिरीजवाफमा समृद्धि महिला समूह प्रथम

पोखरा महानगरपालिका वडा नम्बर १७ ले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा समृद्धि महिला समूह, सीतापाइला प्रथम भएको छ । महिलाको आन्तरिक प्रतिभा प्रस्फुटनका लागि भएको हाजिरीजवाफमा वडाभरीका ३२ समूह सहभागी थिए । समृद्धिका मीना पौडेल, विद्या बराल र सुमित्रा तिवारीले प्रथम हुँदै नगद १० हजार र प्रमाणपत्र पाएका छन् । महानगरको वार्षिक कार्यक्रमअन्तर्गत भएको प्रतियोगितामा दोस्रो शेरा जागृति आमा समूह दोस्रो र तेस्रो संकल्प आमा समूह भएका छन् । शेरा जागृतिको… पुरा पढौ

अमेरिकामा हुने युवा नेतृत्व कार्यक्रममा मदरल्यान्डका ४ विद्यार्थी जाँदै

अमेरिकाको वासिङ्टन सिसी र क्यान्सस सहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्यान्ड माविका ४ विद्यार्थी जान लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले अबिर र माला लगाएर बिदाइ गरिन् । मदरल्यान्डमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनका सुविज्ञा नेपाल र विज्ञान संकायका रबिना पौडेल अमेरिका जान लागेका हुन् । उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट… पुरा पढौ

भारतीयले सुुनको माला भनी ठगे, २ पक्राउ

सुनको भनी पहेंलो धातुको माला बेचेर ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको छ । बुधबार प्रहरीले भारत उत्तर प्रदेश घर भएका वर्ष ७१ की प्रभादेवी र वर्ष ४२ का रामनारायण सुलेङीलाई पक्रेको हो । उनीहरुले बुधबार पौने २ बजेतिर पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकका एक व्यवसायीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिएर नगद चार लाख लिएका थिए । यसबारे सूचना आएपछि प्रहरी चौकी छोरेपाटनबाट… पुरा पढौ

नीति तथा कार्यक्रम कि नारै नाराको चाङ ?

माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूले गत २९ जेठमा सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि आफ्ना टिप्पणी र सुझाव प्रस्तुत गर्न यस रोष्ट्रममा उभिएको छु । प्रदेश सरकारको धरातल के हो भन्ने हामी सबैले बुझेकै छौँ । हामी स्रोत–साधन र अधिकारको हिसाबले निकै पीडित छौँ । यो सत्ता पक्षमात्र होइन, हामी सबैका लागि चुनौतीको विषय हो । चुनौतीका चाङबीच प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ ।… पुरा पढौ

प्राइम सहकारीमा डेढ अर्ब अपचलन, ६६ जनाविरुद्ध मुद्दा दायर

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो माग दाबीसहित ६६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो । सहकारीका विज्ञको वित्तीय विश्लेषण र प्रहरीको अनुसन्धान प्रतिवेदनपछि प्राइमका सञ्चालक, सरकारी कर्मचारी र लेखा परीक्षकसहित विरुद्ध मुद्दा दायर भएको हो । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सदनबाट विश्वासको मत पाएका छन् । पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी(नेसपा)का सांसद फणीन्द्र देवकोटाले मत दिएका हुन् । पाण्डेले ६० सदस्यीय गण्डकी प्रदेशसभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएका छन् । पाण्डेको पक्षमा ३१ र विपक्षमा २८ मत परेको छ… पुरा पढौ

पहिरोले पुरिँदा लोडर चलाकको मृत्यु

लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाका लोडर चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । शुक्रबार बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले गम्भीर घाइते चालक तामाङकोे काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं