कतै चर्किएका शीशादेख्यौ भनेकतै भत्किएका खण्डहरभेट्यौ भनेसम्झने गर्नु बिर्सेको वेलामा पनिती, हरेक शीशाहरूमामेरो पनि अस्तित्वगाँसिएको छ भनेरती, हरेक खण्डहरहरूमामेरो पनि व्यक्तित्वटाँसिएको छ भनेर कलङ्कित छु सीताजस्तैतर धरतीभित्रै बिलाउन सक्दिनँ, मश्रापित छु अश्वत्थामाजस्तैतर युग-युग सम्म जिउन सक्दिनँ, म खै! पखाल्न पनि सकिन्नछातीभित्र लागेका दागहरूलाईखै! धुन पनि सकिन्नहत्केलाभित्र कोरिएका साँधहरूलाई सङ्ग्रहालयमा राख्न योग्यमेरो कुनै अस्तित्व छैनमेरो कुनै व्यक्तित्व छैन स्वार्थको उत्कृष्टतामाबरु,एउटा–सर्वोतम…अति सर्वोतमस्याम्पल बनेको छुस्याम्पलस्याम्पलमात्र एउटा स्याम्पल… त्यसैले सजिदिन्छु,मबन्द शो–केसभित्रराम्रो नराम्रोको लेखाजोखागर्नेहरुका लागि…
पुरा पढौ