Author Archive

संस्कृति मन्त्री भन्छन्ः फेवातालमा क्रुज डिनर चलाऔं

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको पर्यटन विकासका लागि संस्कृति र प्रकृतिको संयोजन गर्नुहुँदै नयाँ कदम चाल्नुपर्ने बताएका छन् । मन्त्री किरातीले फेवातालमा क्रुज डिनर चलाउनुपर्नेमा जोड दिए । उनी भन्छन् । “यो आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्छ । विदेशमा त पहिल्यै यस्तो भएकै छ ।” साँझ ७ देखि ९ बजेसम्म यस्तो पार्टी गर्न सकिने उनको भनाइ छ । शनिबार पोखरामा पत्रकारमाझ उनले भने, “नेपाल अथाह… पुरा पढौ

भ्रष्टाचारको विरोधमा डिमर्चा (गीतसहित)

पोखराबाट उदाएर चर्चित बनेको डि–मर्चा ब्यान्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई कीरा परोस्’ बोलको गीत बुधबार सार्वजनिक गरेको हो । यो गीतमा स्वर भाष्करध्वज श्रेष्ठले दिएका छन् भने बेस गिटारमा वीरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ छन् । वीरेन्द्र पुनको परिकल्पनामा बनेको गीतका शब्द रोशन भट्टराईका हुन् । म्युजिक भिडियोक निर्देशन रोहित रञ्जितले गरेका छन् भने गीतमा दाह्री ग्याङका सदस्यहरुको अभिनय छ… पुरा पढौ

धर्मराज त्रिवि प्रज्ञिक परिषद् सदस्य

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ का क्याम्पस प्रमुख धर्मराज बराल त्रिवि प्राज्ञिक परिषद् सदस्य बनेका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्तबाट क्याम्पसका प्रमुखहरुको तर्फबाट बराल नियुक्त भएका हुन् । त्रिवि उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिवि कार्यकारी परिषद्को हालै भएको बैठकको सिफारिस अनुसार बराललाई प्राज्ञिक परिषद् सदस्य नियुक्त गरेका हुन् । प्राज्ञिक परिषद् सदस्यले पाठ्यक्रम निर्माण, परीक्षा व्यवस्थापन, अनुसन्धान लगायतका विषयमा काम गर्छन् । देशभर त्रित्रिबाट सम्बन्धन प्राप्त साढे ५… पुरा पढौ

वैज्ञानिक मनिषा द्वालाई डागर स्मृति पुरस्कार

डागर स्मृति प्रतिष्ठान नेपालले आठौं वार्षिक साधारण सभाको अवसरमा युवा वैज्ञानिक र अग्रज समाजसेवीलाई पुरस्कृत एवम् सम्मानित गरेको छ । प्रतिष्ठानले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको १० हजार ५ सय राशिको डागर स्मृति पुरस्कारबाट युवा वैज्ञानिक मनिषा द्वा पुरस्कृत बनेकी छन् । मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै प्रतिष्ठानलाई उल्लेख्य योगदान दिएका दिने समाजसेवी प्रेमचन्द उपाध्याय डागर स्मृति संरक्षक सम्मान अग्रज समाजसेवी तथा सफल व्यवसायी प्रेमचन्द उपाध्यायलाई गरिएको… पुरा पढौ

वन ऐन बन्यो, आम सञ्चार सदनमा

गण्डकी प्रदेशसभाको बिहीबारको बैठकले वन विधेयक पारित गरेको छ । मन्त्रिपरिषद्को २४ साउनमा बसेको बैठकले पास गरेको गण्डकी प्रदेशमा वनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सोही दिन प्रदेशसभामा दर्ता भएको थियो । साउन ३० गते सदनमा प्रस्तुत विधेयक त्यसको भोलिपल्ट दफावार छलफलका लागि अर्थ तथा विकास समितिमा पठाइएको थियो । बिहीबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले अर्थ तथा विकास समितिको १३ बुँदे प्रतिवेदनसहितको विधेयक पेश गरेका हुन्… पुरा पढौ

गण्डकी सरकारका प्रतिष्ठान, आयोगको मूल्यांकन गर्न कार्यदल

गण्डकीमा प्रदेश सरकार मातहत रहेका बोर्ड, आयोग, प्रतिष्ठान लगायतको भूमिका र आवश्यकता मूल्याङ्कन गर्न प्रदेश सरकारले कार्यदल गठन गरेको छ। नेपाल सरकारका पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा अर्का पूर्व सचिव महेश्वरनरसिंह केसी र अच्यूत लामाछिने सदस्य छन् । कार्यदलले गण्डकी प्रदेशका संरचना, ती संरचनाका लागि आवश्यक जनशक्ति, पदपूर्ती, आवश्यकता लगायतका पक्ष विश्लेषण गरी सुझाव दिनेछ। मङ्गलबार भएको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी… पुरा पढौ

कांग्रेसमा शारदा पौडेलसहित ८ केन्द्रीय सदस्य थपिए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । कास्कीकी शारदा पौडेल केन्द्रीय सदस्य बनेकी छन् । उनी संविधानसभा सदस्यसमेत हुन् । यस्तै, गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, र पर्साका अनिलकुमार रुंगटा मनोनित… पुरा पढौ

तीजगीतमा समृद्धिलाई दोहोरो सफलता

समृद्धि महिला समूह पोखरा १७ ले सोमबार आयोजित दुई स्थानका तीजगीत प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको छ । राम मन्दिर सञ्चालक समितिले गरेको खुला तीज प्रतियोगितामा समृद्धि प्रथम हुँदै १० हजार र प्रमाणपत्र पाएको छ । ९ टिम सहभागी प्रतियोगितामा दोस्रो श्रीराम जानकी आमा समूह, तेस्रो सुशान्त आमा समूह र चौथो नमुनाशील मार्ग आमा समूह बनेका थिए । सन्ध्या पौडेलले उत्कृष्ट नृत्यको पुरस्कार पाइन् भने उत्कृष्ट भेषभूषामा श्री रामजानकी सन्तोषपथ… पुरा पढौ

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताउनु भएको छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आउनु भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा यस्तो बताउनु भएको हो । उहाँले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो… पुरा पढौ

कागबेनी पुनर्निर्माणमा युएनडिपीले सघाउने, श्राद्धस्थल सम्याइयो

गएको साउन २८ गते आएको अप्रत्यासित बाढीले बगर बनाएको मुस्ताङको कागबेनी पुनर्निर्माणमा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी)ले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका नेपाल स्थित आवासीय प्रतिनिधि आइसानी मेदागंगोडा लाबेबीच बिहीबार भएको भेटमा यसबारे छलफल भएको हो । नेपाल प्रमुख लाबेले कागबेनीको पुनर्निर्माण र पुनस्र्थापनामा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे । उनले गण्डकीमा चालु रहेका परियोजनाहरुबारे जानकारी दिँदै ती परियोजनामा युवालाई रोजगारीसँग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं