त्रिशूलीमा खसेको भारतीय जिप भेटियो, चालक अर्काे गाडीमा चढेर भागे

त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरोमा चालक बाहेक अन्य यात्रु नभएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बोलेरो चालक पुरुष पनि सकुशल अर्काे गाडीमा चढेर गएको जनाए ।

उनले बिहान ४ः४० बजेको समयमा एक ट्याङ्कर चालकले भिजेको र डराएको अवस्थाका एक व्यक्ति सोही ठाउँबाट ट्रक चढेर नारायणगढतर्फ गएको देखेको सुनाए । चालकको परिचय भने नखुलिसकेको प्रहरीले जनाएको छ ।