Author Archive

पोखरामा गौशाला, दिगो व्यवस्थापनका लागि महायज्ञ सुरु

पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा बुधवार देखी श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । महासङ्घको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताह व्यापी ज्ञान महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।  महायज्ञ तथा गौशालाको उद्घाटन गर्दै प्रमुख आचार्यले गौ रक्षाको अभियानलाई सार्थक बनाउन महायज्ञ सफल हुने विश्वास व्यक्त गर्नुभयो । पोखराको सडकमा बेवारिसे अवस्थामा छाडा छोडिएका पशुचौपायहरुको उद्धार… पुरा पढौ

भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त-६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिए । ‘बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ’, प्रहरी उपरीक्षक थापाले भने, ‘रातिको समयमा घटना भएको देखियो ।’ उनले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताए । ‘प्रारम्भिक… पुरा पढौ

पूर्व डीआईजी तथा साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय

भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो । यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालिन डीआईजी शाहसहित २ जना दोषी ठहर भएका थिए । शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ… पुरा पढौ

रामबहादुर बम्जन पक्राउ

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । कडायतले भन्नुभयो, “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।” बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि… पुरा पढौ

छिमेकी ६ पालिकालाई पोखरा महानगरले दियो २५/२५ लाख

पोखरा महानगरपालिकाले छिमेकका छ पालिकालाई २५ लाखका दरले सहयोग गरेको छ । अन्तरपालिका साझेदारी कार्यक्रम अन्तर्गत महानगरले सहयोग गरेको हो । यसै आर्थिक वर्षमा कास्कीका रुपा गाउँपालिका, मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिका, तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङ्जाको फेदीखोला गाउँपालिकालाई सहयोग गरिएको हो । पोखरा महानगरले दुई पक्षीय हित प्रवर्धन गर्दै उत्पादनमा सहकार्य गर्ने नीति अनुरुप २५ लाखका दरले १ करोड ५० लाख प्रदान गरेको प्रमुख धनराज आयार्यले बताए… पुरा पढौ

ल्यान्डफिलमाथि बनेको नमूना गौशाला चलाउन महायज्ञ हुँदै

पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाम (गौशाला)को बिहीबार उद्घाटन गरिने भएको छ । सुविधा सम्पन्न गौशालाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।पोखराको पुरानो ल्यान्डफिल साइटमा अहिले गौशाला निर्माण गरिएको छ । १ वर्षदेखि सञ्चालन गरिएको गौशालामा २ सय बढी गाईबस्तुहरू संरक्षित छन् । उद्घाटनसँगै राष्ट्रिय परोपकार महासङ्घको स्थापना दिवसका अवसरमा सप्ताह व्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ पनि… पुरा पढौ

केही मुक्तक

अमेरिका, अष्ट्रेलिया नै सबथोक हो भन्ने भ्रममा छन्गाउँबाट, सहरबाट सबै युवायुवती रित्तिने क्रममा छन्राजधानीमा चारतले घर छ भनेर के दम्भ देखाउनु खैजब कि बुढा बाआमा देवघाटको वृद्धाश्रममा छन् । उता हार्नेको यता जीत भएको छपुरानो दुश्मन नयाँ मीत भएको छयो देश भड्खालोमा जाकिए पनिशकुनीहरुको सँधै हित भएको छ । दरबार छ, राजकुमार छ, राजकुमारी छन्कडा पहरा छ, अघिपछि हतियारधारी छन्उही राजदण्ड र श्रीपेचमात्रै त नभएको होनत्र धेरै कमरेडहरु राजाकै हाराहारी… पुरा पढौ

पाँचौ प्रयासमा माननीय बन्दै सहिद परिवार मनरुपा

समाज र व्यवस्थै बदल्ने सपना आँखामा साँचेर विद्रोहको बाटोमा लागेकी मनरुपा शर्मा (बिमला)को जीवन उतारचढावपूर्ण रह्यो । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १० की मनरुपाले माओवादी जनयुद्धमा श्रीमान् गुमाइन् । व्यवस्था कति बद्लियो, कति सम्झौता भयो, त्यो आफ्नै ठाउँमा होला । संघीय लोकतान्त्रिक गणतन्त्रमा उनी अब राष्ट्रियसभा सदस्य बन्दै छिन् । ०६४ सालमा पहिलो संविधानसभा सदस्य उम्मेदवार बनेकी उनी पाँचौं पटकको प्रयासमा संसाद बन्दै छिन् । पहिलो चुनावमा नेपाली कांग्रेसका… पुरा पढौ

एमाले, सत्ता गठबन्धन र राप्रपाद्वारा उम्मेदवारी दर्ता

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि चार दलबाट आठ जनाको उम्मेदवारी परेको छ । सोमबार निर्वाचित अधिकृतको कार्यलय पुगेर उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । प्रदेशमा एमालेले रिक्त तीन वटै पदमा उम्मेदवारी दिएको छ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसले दुई स्थान र नेकपा ९माओवादी केन्द्र०ले एक स्थानमा उम्मेद्वारी दर्ता गराएका छन् । राप्रपाले दुई सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्ता गठबन्धनको भागबन्डमा अन्य र अपांग कोटा पाएको नेपाली काङ्ग्रेसबाट… पुरा पढौ

राष्ट्रिय सभा चुनावः गण्डकीमा यस्ताे भागबन्डा

सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा क्लस्टर भागबन्डा टुंग्याएको छ । गठबन्धनको प्रमुख घटक कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादी र जनता समाजवादीले दुई सिट पाएका छन् । गण्डकीमा कांग्रेसले खुला र महिलातर्फ उम्मेदवारी दिने छ भने माओवादीले अपाङ्ग कोटामा उम्मेदवारी दिने छ । लुम्बिनीमा कांग्रेस महिलातर्फ उम्मेदवारी दिँदा माओवादीले खुलातर्फको उम्मेदवार बनाउने छ । यस्तै सुदूरपश्चिममा कांग्रेस खुला र अपाङ्गतर्फ उम्मेदवारी दिने छ भने माओवादीले महिलातर्फको उम्मेदवारी दिने छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं