एमाले, सत्ता गठबन्धन र राप्रपाद्वारा उम्मेदवारी दर्ता

गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि चार दलबाट आठ जनाको उम्मेदवारी परेको छ । सोमबार निर्वाचित अधिकृतको कार्यलय पुगेर उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।

प्रदेशमा एमालेले रिक्त तीन वटै पदमा उम्मेदवारी दिएको छ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसले दुई स्थान र नेकपा ९माओवादी केन्द्र०ले एक स्थानमा उम्मेद्वारी दर्ता गराएका छन् । राप्रपाले दुई सिटमा उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता गठबन्धनको भागबन्डमा अन्य र अपांग कोटा पाएको नेपाली काङ्ग्रेसबाट क्रमशस् किरणबाबु श्रेष्ठ र अपाङ्गता एवम् अल्पसङ्ख्यकबाट पदमबहादुर परियारले मनोनयन दर्ता गाए । गोरखाका श्रेष्ठ काङ्ग्रेस गण्डकी महामन्त्री हुनुहुन्छ भने तनहुँका परिपार काङ्ग्रेस निकट अधिकारकर्मी हुन् ।

यस्तै, सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रदेशमा महिला क्लस्टरबाट पर्वतकी मनरुपा शर्मालाई उम्मेद्ववार बनाएको छ । नेकपा ९माओवादी केन्द्र० पर्वत जिल्ला संयोजक शर्मा सहिद परिवारकी सदस्य हुन् ।

नेकपा एमाले बाट अन्य क्लस्टरबाट चक्रबहादुर पराजुली, महिलाबाट सम्झना देवकोटा र अपाङ्ग, अल्पसङ्ख्यक क्लस्टरबाट हेमन्द्र शेरचनले उम्मेदवारी दर्ता गराए । गोरखाकी देवकोटा एमाले केन्द्रीय सदस्य हुन् भने मुस्ताङका शेरचन प्रदेश सदस्य छन् । स्याङ्जाका पराजुली भने केन्द्रीय सल्लाहकार हुन् ।

प्रदेशको चौथो दल राप्रपाले अन्य र महिला क्लस्टरमा मात्र उम्मेदवारी दिएको छ । राप्रपाबाट रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठ उम्मेदवार बनेका छन् ।

गण्डकीमा प्रदेशसभामा ६० सदस्य र ८५ पालिकाबाट एक सय ७० मतदाता छन् । यहाँ काङ्ग्रेसको मतभार दुई हजार तीन सय २४ छ भने नेकपा एमालेको कुल मतभार दुई हजार चार सय ५८ हुन आउँछ ।

प्रदेशमा माओवादीसँग नौ सय ९४ मतभार देखिन्छ भने प्रदेशमा एकीकृत समाजवादीसँग ७२ र राष्ट्रिय जनमोर्चासँग ५७ मतभार छ । दुई प्रदेशसभा सदस्य रहेको राप्रपाको एक सय छ मतभार छ ।